गौरिफन्टा नाका भएर एकै दिन २ हजार ४ सय ८९ मानिस नेपाल भित्रिए

८ जेठ ७७, शुक्रबार

९ जेष्ठ, कैलाली । कैलालीको गौरिफन्टा नाका भएर एकै दिन सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय ८९ मानिस नेपाल भित्रिएका छन् ।

Advertisement

नेपाल भित्रिएका उनीहरूलाई र्‍यापिड टेस्ट गर्दै आआफ्नो घर पठाइएको छ । तीमध्ये १२ जनालाई कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि थप पिसिआर परीक्षणको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

पछिल्लो तीन दिनमा ३ हजार ६ सय बढी मानिस भारतबाट भित्रिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।

Advertisement

मन्त्री सुवेदीले आज पनि ५ सय बढी मानिस गौरिफन्टा नाकामा भेला भइसकेको जनाए । त्यसरी नाकामा आएका मानिसहरूलाई स्थानीय तह र प्रदेश सरकारले समन्वय गरेर घर पुर्‍याउने काम गरिरहेको छ ।

यसरी भारतबाट आएकाहरूलाई सम्बन्धित गाउँपालिका र नगरपालिकाको क्वारेन्टिनमा राख्न भनिएको छ।
उनले भारतबाट अझैं ३० देखि ४० हजार नेपाली आउने अनुमान गरिएको बताए। तर अहिले प्रदेशको क्वारेन्टिन क्षमता १० हजार व्यक्तिलाई राख्ने छ । उनले प्रदेशले क्वारेन्टिन क्षमतालाई बढाएर २५ सय पुर्‍याउने गरी काम अघि बढेको बताए ।

Advertisement

यसरी दैनिक हजारौंको संख्या भित्रिने मानिसहरूलाई टेस्ट गर्न प्रदेशसँग आवश्यक किट पनि छैन । मन्त्री सुवेदीले र्‍यापिड टेस्ट किट पनि आजसम्मलाई मात्र पुग्ने रहेको र थप किट केन्द्रसँग मागिएको जनाए ।

प्रदेश आफैले पनि ३० हजार र्‍यापिड किट र २ हजार पिसिआर किट लगायत स्वास्थ्य सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ ।
मन्त्री सुवेदीले भारतबाट आउने गरेकाले प्रदेशमा थप जोखिम बढेको बताए। सरकारले स्पष्ट नीति अवलम्बन नगरेकाले यसमा काम गर्न गाह्रो भएको उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top