Nepal Times
Nepal Times
3
Shares

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती लकडाउनका कारण ओझेलमा

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती लकडाउनका कारण ओझेलमा

९ जेष्ठ, काठमाडौं । युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती शुक्रबार मनाइएको छ ।

वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्न छन् ।

लकडाउनका कारण उनको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उनका छोरा रविचरण श्रेष्ठले बताए । उनका परिवारले काठमाडौंको न्युरोड स्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पर्ण गरी जन्मजयन्ती मनाएका छन् ।

सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् । युगकवि श्रेष्ठले आफ्नो जीवनको साढे छ दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण लगायतका विधामा सफलतापूर्वक कलम चलाएका थिए ।

उनका ‘मेरो प्यारो ओखलढुंगा’, ‘निर्झर’, ‘भीसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु सर्वाधिक चर्चामा छन् । उनका कतिवा संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन् । युगकवि श्रेष्ठको वि.सं.२०४९ साल जेठ २२ गते निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.