भारतमा एकै दिन ६ हजार ३ सय ३९ मा संक्रमण पुष्टि

१० जेष्ठ, एजेन्सी ।
भारतमा कोरोनाका संक्रमितको संख्या उकालो लागेको छ।

गएको २४ घन्टामा भारतमा ६ हजार ३ सय ३९ नयाँ संक्रमित फेला परेका छन्। कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा मात्रै एकै दिन २ हजार ९ सय ४० नयाँ संक्रमित फेला परे। यो अहिलेसम्मकै उच्च हो। यससँगै भारतमा कोरोनाका संक्रमितको संख्या १ लाख २३ हजार ८१ पुगेको छ। यो संख्याको एक तिहाई पछिल्लो चार दिनमा थपिएका हुन्।

यसकै कारण शुक्रवार भारतमा १ सय ४० जनाको मृत्यु भयो । मृत्यु हुनेमा पनि महाराष्ट्रले नै लिड गरेको छ जहाँ ६३ जनाले कोरोनाका कारण ज्यान गुमाए। भारतमा अहिलेसम्म कोरोना ठीक भएका व्यक्तिको संख्या ५१ हजार ५ सय ३८ पुगेको छ।

Advertisement

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा २ सय ३२ नयाँ केस थपिएको छ। यससँगै युपीमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६३ पुगेको छ। नेपालसँग सबैभन्दा लामो सीमा जोडिएको भारतीय राज्य बिहारमा कोरोना संक्रमितको संख्याले २ हजारको सीमा पार गरेको छ।

शुक्रवार मात्रै बिहारमा १ सय ७९ नयाँ संक्रमितमा कोरोना पोजेटिभ देखियो।

Advertisement
Advertisement

भर्खरको समाचार

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

सम्बन्धित समाचार

Scroll to Top