रुकुम घटनाको निष्पक्ष छानबिन होस्ः सांसद विशुन्खे

१२ जेठ ७७, मंगलबार

१३ जेष्ठ, काठमाडौँ ।
प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न सरकारसँग माग गरेकि छिन् ।

दैलेखबाट संसदमा प्रतिनिधित्व गरेकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गरी रुकुम पश्चिमको चौरजहारी–८ मा कुटपिटबाट जाजरकोटका नवराज विश्वकर्मा र रुकुम चौरजहारी–१ को टीकाराम विश्वकर्माको मृत्यु भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडित परिवारप्रति कानुनी राज्यको अनुभूति दिलाउन आग्रह गरेकी हुन् ।

विज्ञप्तिमा भनिएको छ, “यसरी नै जातीय भेदभाव तथा छुवाछुतका घटना बढ्दै जाने हो भने संवैधानिक व्यवस्था भएको र संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र भएको यो देशले महङ्गो मूल्य चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातीय छुवाछुतको सवाललाई शून्य सहनशीलतासहित प्रभावकारी रूपमा कार्यान्वयन गरियोस् भनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।”

Advertisement

गएको शनिबार चौरजहारी नगरपालिका–८ को सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घर जाँदै गर्दा स्थानीय गाउँलेको कुटाइबाट नवराज र टीकारामको ज्यान गएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नेपाल दलित मुक्ति सङ्गठनले विज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कानुनी कारवाही गर्न, मृतक नवराज विक र टीकाराम विकलाई सांस्कृतिक शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top