×

NEPAL TIMES UPDATES

Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026

पर्यटन मन्त्रीले भने,‘ बजेटबाट पर्यटन व्यवसायी उत्साहित ’

१६ जेष्ठ २०७७

१६ जेष्ठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताएका छन् ।

Advertisement
Advertisement

१३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्था अनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताए । उनले सरकारले बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायीहरु उत्साहित भएको विश्वास समेत व्यक्त गए ।

कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको मन्त्री भट्टराईले बताए ।

उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न लागिएको बताए । आरोहणको क्षेत्रमा भएका समस्या समाधान गर्ने र थप रोजगारी सिर्जना गर्नेगरी पर्यटन ऐन ल्याउन लागिएको मन्त्री भट्टराईले बताए । उनले पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठानको अवधारणा अनुरुप पर्यटन विश्व विद्यालय सञ्चालन गर्ने गरी ऐन ल्याउन लागिएको समेत बताए ।

उनले नेपालको सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेकोले सगरमाथाको सरसफाई र सुन्दरता कायम गराउन सबै पक्षले ध्यान दिनुपर्ने बताए । सगरमाथाकै कारण नेपाल आगामी दिनमा विश्वको एक मात्रै आकर्षक गन्तब्यका रुपमा रहने विश्वास समेत उनले गरे ।

सन १९५३ मे २९ मा साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिन पारेर सन २००८ यता अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ । सन १९५३ देखि सन २०१९को अन्त्य सम्म कुल ६ हजार ५ सय १ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

Advertisement
Advertisement

त्यस मध्ये ३ हजार ४ सय ७८ जना नेपाली नागरिक रहेका छन् । यो अवधि सम्म नेपालले विभिन्न हिमालको आरोहणबाट ५६ करोड रुपैयाँ बढी रोयल्टी प्रप्त गरेको छ भने सगरमाथाबाट मात्रै करिब ४५ करोड रुपैयाँ प्राप्त गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top