अमेरिकामा कार्यालयहरू खुला गर्न नयाँ निर्देशिका जारी

१६ जेठ ७७, शुक्रबार

१६ जेठ, न्यूयोर्क।

Advertisement

कार्यस्थलमा कोरोना भाइरस फैलिनबाट रोक्ने उद्देश्यले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार नयाँ नियमहरू समेटिएको निर्देशिका सार्वजनिक गरेको छ ।

प्रस्तावित निर्देशिकामा कार्यालय पुग्नासाथ कर्मचारीहरूले कोविड–१९ का लक्षणहरू भए नभएको परीक्षण गराउनु पर्ने उल्लेख छ । उनीहरूले कार्यालयमा प्रवेश गर्नुअघि आफ्नो शरीरको तापक्रम जाँच्नुपर्नेछ । दोस्रो, कार्यालयमा कार्यस्थलका डेस्कहरू कम्तीमा ६ फिटको दूरीमा राख्नुपर्नेछ ।

Advertisement

यदि ६ फिटको दूरी कायम गर्न नसकिए आआफ्ना डेस्कहरूको वरिपरि कडा प्लास्टिक ठड्याउनुपर्नेछ । तेस्रो, कोरोनाभाइरस सक्रमणबाट बच्न कार्यालयका खुला स्थानहरूमा बस्दा निश्चित दूरी कायम गर्नुपर्नेछ । पटकपटक छुनुपर्ने सामानहरू जस्तै कफीका भाँडा, पानी चिस्याउने उपकरण, साझा खाजाहरू अलगअलग हुनुपर्ने व्यवस्था गर्न निर्देशिकामा भनिएको छ ।

कार्यालयका लिफ्ट चढ्दा आलोपालो गर्ने वा सकभर प्रयोग नगर्नेतर्फ ध्यान दिन सिडिसीले जोड दिएको छ । अमेरिकाका कतिपय राज्यहरूले महिनौँदेखि जारी कडा लकडाउन हटाउनेतर्फ कार्य गरिरहेकै अवस्थामा सिडिसीले नयाँ नियम सार्वजनिक गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top