×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

सोती घटनाका घाइतेबाट उपचारको माग

१८ जेष्ठ २०७७

१८ जेठ, जाजरकोट ।

यही जेठ १० गते रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे गर्न जाँदा आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरेका छन् । उक्त घटनामा भेरी नगरपालिका–४ रानागाउँका सुदीप खड्कालगायत १२ जना घाइते भएका थिए । यही जेठ १० गते जाजरकोटबाट आएका युवा आक्रमणमा पर्दा ५ जनाको मृत्यु भएको छ तथा एक जना अझै बेपत्ता रहेको जनाइएको छ ।

Advertisement
Advertisement

घटनामा जाजरकोट, भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा, सन्दीप (सञ्जु) विक, ११ का लोकेन्द्र सुनार र रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको मृत्यु भएको छ भने भेरी–११का गोविन्द शाही बेपत्ता छन् । पाँचजनाकै शव भेरी नदीको किनारमा भेटिएको थियो ।

घाइतेमध्ये सुदीप खड्काको हात र टाउकामा चोट लागेको छ । अर्का सरोज भँडेलको पिठ्यूँमा चोट लागेको छ । केहीको शरीरमा भित्री चोट लागेको जनाइएको छ । सबै शव खोज्नतर्फ लागेको र आफूहरुको उपचारमा कसैले ध्यान नदिएको उनीहरुले बताए । आफूहरुसँग व्यक्तिगतरुपमा उपचार गर्नका लागि पैसा नभएको गुनासो गर्दै उहाँहरुले आफूहरुको उपचार हुनुपर्ने माग गरेका छन् ।

कर्णाली प्रदेशसभाका सदस्यले पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययन, स्थानीयवासी र प्रत्यक्षदर्शीसँगको छलफलपछि घटनाको न्यायिक र निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । नेकपाका सचेतक सीता नेपालीले जातीय विभेदका कारण घटना भएको बताइन् ।

प्रदेशसभा सदस्य रातो कामीले नवराज र सोतीकी १७ वर्षीया किशोरीबीच प्रेम सम्बन्ध रहेको र अभिभावक तथा गाउँलेले त्यो सम्बन्ध अस्वीकार गरेकै कारण ठूलो घटना भएको बताए । सचेतक नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिङ परियार र झोवा विक घटनास्थलको अवलोकन गरेर फर्किएका थिए । त्यस्तै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत नेतृत्वको टोलीले समेत शनिबारदेखि जाजरकोट र रुकुम (पश्चिम) को घटनास्थल र शव भेटिएको ठाउँको स्थलगत अध्ययन गरेको छ ।

अपराधी उम्कन पाउँदैनन्ः डिआइजी पन्त

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याइने बताए । उनले शनिबार घटनास्थलको स्थलगत अवलोकन गरी पीडित परिवारसँग भेटघाट गरेका छन् ।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी अपराधमा संलग्नलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् । छोरा गुमाएका बलबहादुर विकले घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाउन र दोषी उम्किन नदिन आग्रह गरे । डिआइजी पन्तले घटनाको निष्पक्ष छानबिन हुने बताए । उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस् । छानबिन निष्पक्ष हुन्छ । दोषी सजायको भागिदार हुन्छ । तपाईंहरुले न्याय पाउनुहुन्छ । मैले अनुसन्धानमा संलग्न मातहतका सबै प्रहरीलाई निर्देशन दिइसकेको छु ।’

Advertisement
Advertisement

शनिबार नै हालसम्मको घटनाको प्रगति विवरण जाजरकोट प्रहरीले प्रहरी नायब महानिरीक्षक पन्तलाई बुझाएको छ । उनले घटनाको सत्यतत्य छानबिन गर्न निर्देशन दिँदै अपराधीलाई कुनै पनि हालतमा उम्कन नदिन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताए । डिआइजी पन्तसँगै स्थलगत अवलोकन गर्न घटनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसहितको उपस्थिति थियो । रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top