जर्मन बुन्डेस लिगाः पाडार्बोनविरुद्ध बोरुसियाको सहज जित

१९ जेष्ठ, एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित दर्ता गरेको छ । उपाधि दाबेदार मानिएको डर्टमण्डले गएराति पाडार्बोनलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको जितमा जाडोन सान्चोले ह्याट्रिक गरे । यस्तै थोर्गन हाजार्ड, अच्राफ हाकिमी र मार्सेल स्मेल्जर एक एक गोल गरे । पार्डाबोनका उवे हुएनेमिरले एक गोल फर्काए ।

मुख्य स्ट्राइकर अर्लिङ हालाण्डबिना मैदान उत्रिएको डर्टमण्डले सबै गोल दोस्रो हाफमा गरेको हो । हालाण्ड चोटका कारण मैदान उत्रिएका थिएनन् ।

Advertisement

तुलनात्मक कमजोर टिमविरुद्ध डर्टमण्डले ५४ औं मिनेटमा हाजार्डको गोलबाट अग्रता बनाएको थियो । ५७ औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर बनाए ।

७२ औं मिनेटमा घरेलु टोलीका हुएनेमिरले पेनाल्टी गोल गर्दै खेल २–१ मा ल्याए । ७४ औं मिनेटमा सान्चोले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३–१ को अग्रता दिलाए ।

Advertisement

त्यसपछि अन्तिम पाँच मिनेट भित्र डर्टमण्डले थप तीन गोल गर्यो । ८५ औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमण्डको अग्रता ४–१ को बनाए ।

८९ औं मिनेटमा स्मेल्जरले गोल गर्दा डर्टमण्डको अग्रता ५–१ को बन्यो । थप गरिएको इन्जुरी समयमा सान्चोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपछि डर्टमण्ड ६–१ ले विजयी भयो ।

पार्डाबोनविरुद्धको जितसँगै डर्टमण्डले लिग लिडर बायर्न म्युनिखसँगको अंक दुरी घटाएको छ । जितपछि डर्टमण्डले बायर्नसँगको अंक दुरी ७ मा झारेको हो ।

डर्टमण्डको २९ खेलमा ६० अंक रहेको छ । बायर्नको ६७ अंक रहेको छ । पुछारमा रहेको पाडार्बोनको १९ अंक रहेको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top