राष्ट्रियसभामा उठ्यो भूमिगत बमका कुरा

२० जेष्ठ, काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सशस्त्र द्वन्दकालमा राखिएका बमहरु खोजेर डिस्पोजल गर्न सरकारसँग आग्रह गरेकी छन् ।

रोल्पामा बैशाख १८ गते बम विस्फोटबाट ४ जना बालबालिकाको निधन भएको स्मरण गराउँदै उनले यस्तो आग्रह गरेकी हुन् । तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोहका बेला लुकाएका बमहरु पड्केर जनता त्रसित भएको भन्दै उनले तत्काल खोजी कार्य गरी डिस्पोजल गर्न आग्रह गरेकी हुन् ।

उनले भने, ‘‘लुकाइ छिपाइ राखेका हातहतियार अहिले पनि पड्किने र जनताहरु त्रसित हुने क्रम अहिले सम्म रोकिएको छैन् । अहिले माओवादी सरकारमा छ । सशस्त्रद्वन्दको नेतृत्वकर्ता अहिले गृहमन्त्री हुनुहुन्छ । तसर्थ ज्ञानका आधारमा जानकारीका आधारमा कुन कुन ठाउँमा बमहरु लुकाइएको छ खोजी गरी डिस्पोजल गर्न आगह गर्न चाहान्छु ।’

Advertisement

सांसद दिलकुमारी थापा रावलले लक डाउनको अवधिमा ५८ जना सुत्केरी र गर्भवति महिलाहरुको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराए । सुत्केरी र गर्भवती महिलाहरुको क्वारेन्टाइनमै मृत्यु भएको विषयमा सरकारले सत्य तथ्य सदनमा जानकारी गराउनुपर्ने माग गर्दै उनले जोखिममा रहेका महिला र किशोरीहरुकालागि छुट्टै निर्देशिका बनाएर सरकारले लागू गर्नुपर्ने बताए ।

स्वास्थ्य संस्थामा गर्भवति महिला र सुत्केरी महिलाहरुको सहज उपचार सेवा प्रदान गर्न उचित व्यवस्थापन गर्न पनि उनले आग्रह गरिन् । अहिले घरेलु हिंसा, बलात्कारका घनाहरु बढिरहेको र यसको न्यूनीकरणका लागि सरकारले निर्देशिका बनाएर अगाडी बढ्न आग्रह गरिन ।

सांसद विमला राई पौडेलले विगत वर्षहरुमा जनचेतना अभावका कारण गर्भवति र सुत्केरी महिलाहरुको ज्यान जाने गरेकोमा अहिले उपचार अभावमा मृत्यु हुने गरेको बताइन् । उपचार नपाएर क्वारेन्टाइनमा सुत्केरी महिलाहरुको मृत्यु भएको समाचारहरु आइरहेको प्रति उनले सरकारको ध्यानाकर्षण गराइन् ।

पर्याप्त पीसीआर परीक्षण नहुनु, स्वास्थ्य उपकरणको अभावमा गर्भवति महिलाहरुको चेकजाँच नुहनुले पनि घटनाहरु घट्ने गरेको उनले बताइन ।

लक डाउनमा समयमै स्वास्थ्य संस्था पुग्न नसक्नु र स्वास्थ्य संस्थामा पनि उपचार सेवा पाउन नसक्ने अवस्थाको अन्त्यगर्न उहाँले छुट्टै निर्देशिकाको आवश्यकता औल्याइन् । आत्महत्या र घरेलु हिंसाका घटनाहरु बढिरहेको अवस्थामा सरकारले यस तर्फ ध्यान दिनु जरुरी रहेको उनले बताइन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top