कर तिर्ने म्याद असार १५ सम्म थपियो

२० जेठ ७७, बुधबार

२१ जेष्ठ, काठमाडौं ।
सरकारले करदातालाई कर तिर्न दिएको म्याद थप गरेको छ।

Advertisement

आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै असारको १५ गतेसम्म गर बुझाउन भनेको छ। मंगलबार विभागले जेठसम्म कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि करदाताले विरोध गरेका थिए। सरकारले लकडाउन नखुलाएपछि कर तिर्न नसकिने भन्दै उनीहरु आक्रोशित बनेका थिए।

नयाँ सूचना अनुसार करदाताले चैतमा बुझाउनुपर्ने आयकरको दोस्रो किस्ता असार १५ गतेसम्म बुझाउनुपर्नेछ। मूल्य अभिवृद्धि करको हकमा फागुन, चैत्र र २०७७ वैशाख महिनाको मासिक कर विवरण, माघ–फागुन र चैत २०७७ वैशाख महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकेको छ।

Advertisement

भ्याट फिर्ताको लागि कर फिर्ताको निवेदन दिन पाउने अवधिलकडाउन कै बखत समाप्त भएमा असार ७ सम्म बुझाउनुपर्ने हुन्छ। फागुन, चैत र वैशाख महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद ७ गतेसम्म छ।

फागुन, चैत र वैशाख महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म राखिएको छ। फागुन, चैत र वैशाखको शिक्षा सेवा शुल्क,टेलिफोन स्वामित्व शुल्क तथा दुर सञ्चार सेवा दस्तुर बुझाउने म्याद पनि असार ७ गतेसम्म छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top