अमेरिकाले कोरोना विरुद्ध लड्न १९ करोड ४० लाख डलर सहयोग दिने

२३ जेठ ७७, शुक्रबार
Share this
709shares

२३ जेठ, वासिङ्टन।

Advertisement

संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराेड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरूका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ ।

विदेशमन्त्री पोम्पेओले शरणार्थीहरू, जोखिममा परेका आप्रवासीहरू र शरणार्थीलाई आश्रय दिने समुदायको जोखिमलाई ध्यान दिएर १९ करोड अमेरिकी डलर प्रदान गर्न लागिएको जानकारी दिए । विश्वमै आधा शताब्दीभन्दा बढी समयदेखि संयुक्तराज्य अमेरिका स्वास्थ्य र मानवीय सहायता प्रदान गर्ने सबैभन्दा ठूलो दाताराष्ट्र रहेको पनि मन्त्री पोम्पेओले बताए ।

Advertisement

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा विगत २४ घण्टामा झण्डै एक लाख ३० हजार नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ६४ लाख पुगेको छ भने तीन लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top