अर्ना गणना प्रारम्भ

२७ चैत ७४, बुधबार

इटहरी, २८ चैत ः कोशीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ बबुल प्रजातिको अर्ना गणना मंगलबारदेखि प्रारम्भ गरेको छ ।

प्रत्येक दुई वर्षका अवधिमा वन्यजन्तु संरक्षण विभागको नीतिअनुसार अर्ना गणना गरिँदै आएको छ । अघिल्लो दुई वर्षअघिको अर्ना गणनानुसार आरक्षमा ४३२ अर्ना थिए । एक वर्षअघि अर्नाको वंश संरक्षणका लागि वन्यजन्तु संरक्षण विभागको कार्ययोजनानुसार आरक्षबाट १३ अर्ना चितवन लगिएपछि अर्नाको संख्यामा कमी आएको हुनसक्ने अनुमान गरिएको छ ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको बीच भागमा रहेको सप्तकोशीको सीमसार क्षेत्र अर्थात् विश्व रामसार क्षेत्रमा पहिलो पटक सूचीकृत कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्षको अर्ना गणनाको तीनदिने अभियानको बराहक्षेत्र नगरपालिकाका प्रमुख नीलम खनाल र सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीले प्रारम्भ गरेका थिए ।

Advertisement

त्यस अवसरमा प्रमुख खनालले नेपालको प्रमुख प्राकृतिक सम्पदामध्ये विश्वभरका पर्यटकलाई लोभ्याउन सकिने सम्पदाका रुपमा रहेको अर्ना तथा आरक्ष क्षेत्रमा रहेका दुर्लभ प्रजातिका वन्यसम्पदा सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए ।

आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई आरक्षप्रति सकारात्मक दृष्टिकोण राखेर काम गर्न आग्रह गरे । अर्ना गणनाका लागि चार टोली परिचालन गरिएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top