Nepal Times
Nepal Times
3
Shares

‘युवा आज’ अभियान शुरु

‘युवा आज’ अभियान शुरु

ललितपुर, २८ चैत ः युवाका क्षेत्रमा रहेका समस्या समाधान गरेर तिनलाई सिर्जनशील क्षेत्रमा लगाउने उद्देश्यले ‘युवा आज’ नामक अभियान शुरु भएको छ ।

दायित्व नामक संस्थाले मंगलबार सो अभियानको औपचारिक शुरुआत गरेको छ । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘युवा आज’ जस्ता अभियान र त्यसको निष्कर्ष सरकारका लागि मार्गनिर्देशक बन्न सक्ने बताउँदै भने, “अभियानबाट प्राप्त भएका तथ्याङ्कमा सरकार महत्व दिएर अघि बढ्नेछ ।”

प्रदेशसभा सदस्य विशाल खड्काले उद्यमशीलता अरुको नक्कल नभएर सिर्जनशील कुरा भएको बताए । घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले दर्ता भएर पनि सञ्चालन नभएका उद्योगलाई सञ्चालन गर्न सके धेरैले रोजगारी पाउने बताए ।

कार्यक्रममा युवा रोजगारीको अवसर, चुनौती तथा समस्यालगायत विषयमा समूहगत छलफल भएको छ । निम्बुस होल्डिंग प्रालिका प्रबन्ध निर्देशक आनन्द बगारिया, विश्व बैंकका जस्मिन राजभण्डारी, श्रम मन्त्रालयका उपसचिव सुजन जोजीजु तथा टेवाका संस्थापक रीता थापाले युवाका विभिन्न विषयमा प्रस्तुति दिए ।

सो अवसरमा उद्यमी र संघसंस्थाले आफ्ना उत्पादन तथा सामग्री प्रदर्शनीमा राखेको संस्थाका कार्यकारी निर्देशक डा पुकार मल्लले बताए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.