सलाम एयरले ओमानबाट असार १ गते नेपाली लिएर नेपाल आउने

योगेन्द्र योगी
२८ जेठ, दोहा ।
ओमानमा कोरोनाबाट प्रभावित नेपालीलाई प्राथमिकतामा आधारमा नेपाल पठाइने भएको छ । जुन १५ अर्थात असार १ गते सलाम एअरले नेपाली लिएर नेपाल जाने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement

समस्यामा परेका नेपालीलाई लिएर असार १ गते सलाम एअर नेपाल जाने छ भने फर्कने नेपाली आफैंले टिकट काट्नुपर्ने एक सूचना जारी गर्दै दूतावासले जनाएको छ ।

दूताबासका अनुसार नेपाल फर्कन चाहने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतवासले त्यस उडानमार्फत नेपाल फर्कन चाहने नेपालीले तोकिएको आफूलाई पायक पर्ने ठाउँमा कोरोना जाँच गराउन समेत अनुरोध गरेको छ ।

Advertisement

कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एअर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

नेपाल फर्कने नेपालीका लागि सलाम एअरले ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार एक सय ६ रुपैयाँ भाडा तोकिएको छ ।

Advertisement

पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top