नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत

काठमाडाैँ : कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गरेको छ ।

प्रतिवेदनमा दक्षिण एसियाली मुलुकहरूमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि छोटो अवधिको आर्थिक गतिविधिमा भने नराम्रो असर परेको उल्लेख छ । यस क्षेत्रको आर्थिक वृद्धिदर औसतमा २.२ प्रतिशत हुने अनुमान गरिएको छ । जसमध्ये नेपालको चालू वर्षको वृद्धिदर १.८ प्रतिशत मात्र हुने प्रक्षेपण विश्व बैङ्कको छ । सरकारले भने चालू आर्थिक वर्षमा नेपालले २.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । अर्को वर्ष (सन् २०२१) मा २.१ प्रतिशत पुग्ने अनुमान विश्व बैङ्कले गरेको छ । नेपालको चालू आर्थिक वर्षको प्रक्षेपण कम भए पनि दक्षिण एसियाली देशमा भने दोस्रो ठूलो हो । नेपालभन्दा अगाडि भारत छ, जसले ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ । यद्यपि सन् २०२१ मा भने भारतको वृद्धिदर ३.२ प्रतिशतले ऋणात्मक हुनेछ ।

वृद्धिदरका हिसाबले नेपालपछि बङ्गलादेशको १.६ प्रतिशत र भुटानको १.५ प्रतिशत पुग्ने अनुमान छ । बाँकी सबै दक्षिण एसियाली देशको वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण छ ।, आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top