बन्दाबन्दी पूर्णरुपले खुलेको ३० भित्र कर बुझाए हुने, शून्य अवधि कायम भएमा थप समय पाउने

२९ जेठ ७७, बिहीबार

२९ जेष्ठ, काठमाडौँ ।
कर भुक्तानीको दबाबमा रहेका करदातालाई सर्वोच्च अदालतले राहत दिएको छ।

Advertisement

सर्वोच्चको संयुक्त इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सरकारले जेठ २५ गतेसम्म कर भुक्तानी गर्न सूचना जारी गरेको थियो। करदाताको चर्को विरोधपछि सरकारले असार ७ र १५ गते भुक्तानी गर्न अर्को समय तोकेको थियो।

यसैलाई आधार मानेर सर्वोच्चमा रिट परेपछि त्यसको सुनुवाइ गर्दै न्यायाधीशद्वय अनीलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले कर तिर्ने समय थप्न सरकारलाई आदेश दिएको हो।

Advertisement

फैसलामा भनिएको छ –जसरी बन्दाबन्दी सम्बन्धमा नेपाल सरकारले कुनै निश्चित कानुनको दफाभन्दा पनि परिस्थितिको माग र अपरिहार्यतालाई विचार गरी निर्णय गरेको देखिन्छ, त्यस्तै समयावधि सम्बन्धी उक्त सूचनाहरु (कर तिर्न विभागले जारी गरेको सुचना) सम्बन्धित ऐन नियमको कुनै दफामा सीमित रही जारी भएको देखिँदैन।

वर्तमान विषम परिस्थिति, व्यवहारिकतालाई विचार गरी करदाताहरुलाई विवरण एवं कर तिर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले प्रशासकीय निर्णयबाट जारी भएको अनुभूति हुन्छ, आदेशमा छ, बन्दाबन्दीले समयमा करदाताहरुले आ–आफ्नो पेशा, रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको सञ्चालन गर्न सकेको अवस्था छैन भन्ने सम्बन्धमा विवाद हुन सक्दैन।

Advertisement

सर्वोच्चले चैत ११ गतेदेखि अनवरत रुपमा रहेको बन्दाबन्दी जेठ ३२ पछि फुकुवा हुने विश्वासमा कर तिर्ने सूचना जारी भएको अनुमान भए पनि लामो बन्दाबन्दीपछि असार ७ र १५ भित्र सबै करदाताले कर तिर्न सक्ने आधार नभएको ठहर गरेको छ।

आ–आफ्नो पेशा व्यापार व्यवसाय यथास्थितिमा पूर्ण सञ्चालनमा ल्याई आफ्ना कर्मचारी एवं हिसाब(किताबहरुको ब्यवस्थापन गरी सम्बन्धित कर विवरण तथा त्यो विवरण बमोजिम कर तिर्न सक्ने आवश्यक प्रबन्ध र व्यवस्था गर्न व्यवहारिक रुपमा तत्कालै पूर्ण सक्षम हुन्छन भन्ने अनुमान गर्ने विश्वसनीय आधार देखिँदैन, आदेशमा भनिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top