×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

चोरीका गरगहना सहित तीनजना सार्वजनिक

२८ चैत्र २०७४

सिरहा, चैत्र २८ ः लाहानको विभिन्न ठाउँमा भएको चोरीको आरोपमा पक्राउ परेको तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यलय लहानले मंगलबार पत्रकार सम्मेलन गरि बरामद भएको सामानसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।

चोरीको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरे पनि मंगलबार तीन जनालाई मात्र सार्वजनिक गरेको छ ।
पक्राउ गरिएका लहान ७ निवासी हाल गोलबजार ४ बस्ने राजेन्द्र साहको छोरा ३३ वर्षीय प्रदिप कुमार सुनार लाई भने म्याद थप गर्न अदालत लगिएकाले तीन जनालाई मात्र सार्वजनिक गरिएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दले जानकारी दिए ।

Advertisement
Advertisement

सार्वजनिक भएका मध्ये लहान ५ बस्ने राम नारायण साहको छोरा ३० वर्षीय महेशकुमार साह, गोलबजार नगरपालिका ३ जमदहका प्रितम लाल पासवानको छोरा ३० वर्षीय दिलिप पासवान र लहान १० गुदीगाउँ बस्ने जिवछ पासवानको छोरा १७ वर्षीय राजुकुमार पासवान रहेका छन् ।

घटनाका अभियुत्तलाई सार्वजनिक गर्दै नगर क्षेत्रका चार ठाउँमा भएको चोरीमा संलग्न रहेका मध्ये चार जना पक्राउ परेको र पाँच जना फरार रहेकोले खोजी भइरहेको डिएसपी गणेश चन्दले जानकारी दिए ।

पक्राउ परेकाहरुले लहान ८ का मुकेश साहको घरबाट १० किलो एक सय ग्राम चांदी र नगद सहित करिब १६ लाख ३७ हजारको मालसामान , नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष लहान १ निवासी मनोज बनैताको घरबाट ३० हजार नगद , १ थान भिडियो क्यामेरा ,ल्यापटप १ थान ,झुम्का ९ आना , चांदी २२ तोला समेत गरि एक लाख ८८ हजार मुल्य बरबको धनमाल , लहान ३ की शर्मिला विश्वकर्माको घरबाट झुम्का ४ आना , १ तोला सुनको सिक्री , सुनको मंगल सुत्र ८ आना सहित तीन लाख बराबरको धनमाल र बेचन मण्डलको घरबाट सुनको तिलहरी १।५ आना र नगद १५ हजार सहित २२ हजार बराबरको नगद र गरगहना चोरेको पक्राउ परेका अभियुक्तहरुले स्वीकार गरेको डिएसपी चन्दले बताए ।

Advertisement
Advertisement

डिएसपी चन्दका अनुसार पक्राउ परेका अभियुक्तहरुले चोरी गरिएका सुनचाँदीका गर(गहना पगालेर गोलबजारका तीन पसलमा बिक्रि गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top