×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

पछिल्ला हत्या र आत्महत्याका घटनाको छानविन गर्न सांसदहरुको माग

२९ जेष्ठ २०७७

२९ जेष्ठ, काठमाडौं ।
राष्ट्रियसभा सदस्यहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले हत्या तथा आत्महत्याका घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान हुन नसकेको, हजारौं व्यक्तिहरुले रोजगारी गुमाएको, विद्युत छुटमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement
Advertisement

नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य तारादेवीभट्टले पछिल्लो समय भएका हत्या र आत्महत्याका घटनाहरुमा प्रभावकारी रुपले अनुसन्धान नभएको जनगुनासो आएकाले दोशिलाई कडा कारबाही गर्न सरकारसँग माग गरिन् ।

उनले लकडाउन अवधिको समयमा सरकारले विद्युत महसुलमा छुट दिने निर्णय गरेपनि व्यवहारमा पुरानै शुल्क लिएको बताइन् । यस्तै नेपाल टेलिकमले छुट दिने घोषाणा गरेपनि अहिलेसम्म एकरुपैयाँ समेत छुट नदिएको बताइन् । नेपाली कांग्रेसकी अनिता देवकोटाले रुकुममा नवराज विकको हत्याको घटना सेलाउन नपाउँदै सप्तरीमा एकजना दलित माहिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको बताइन् ।

घटनापछि पीडितलाई मेलमिलाप गर्ने भन्दै स्थानीयतहले उजुरी दर्ता गर्न नदिएको भन्दै सबैलाई कारबाहीको माग गरे । उनले घटना प्रकृति फौजदारी अपराध भएकोले अपराध गर्नेलाई कडा कारबाही हुनुपर्ने बताइन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उदया शर्मा पोडेलले कोरोनाभाइरसको महामारीका कारण बेरोजगारी र भोकमरीबाट प्रताडित भई जेठ २६ गते अछामको बयलपाटा अस्पतालमा रोजगारी खोसिएका सिद्धार्थ आउसीले आत्मदाह गरेको बताइन् ।

निजी क्षेत्रमा रहेका श्रमिकहरु, करार सेवामा रहेका कर्मचारी, निजी स्रोतमा चलेका शिक्षकहरु लगायतको रोजगारी खोसिएको भन्दै त्यसलाई रोक्न माग गरिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की कोमल ओलीले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि रहदै आएका आंशिक प्राध्यापकहरुलाई २०७४ मंसिर ८ गतेको मन्त्रिपरिषद्को बैठकले करार गर्ने निर्णय गरेको तर अहिलेसम्म कार्यान्वयनमा नआएको बताइन् ।

उनले आंशिक प्राध्यापकहरुलाई करार गर्ने या नगर्ने भन्ने विषयमा शिक्षामन्त्रालयले स्पस्ट पार्नुपर्ने बताइन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की गंगाकुमारी बेलबासेले लकडाउनलाई खुकुलो गर्ने निर्णय भएपछिको अवस्थामा महानगर र साझा यातायातहरुलाई व्यवस्थित रुपमा चलाउन माग गरिन् ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चक्रप्रसाद स्नेहीले अछाममा अस्पतालमा रोजगारी गुमाएर आत्महत्या गर्न पुगेका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको माग गरे । उनले रुपन्देहीको पशु फार्ममा सामुहिक रुपमा ५ जनाको हत्या भएको घटनामा मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले हत्या गरेको कुरा विश्वसनीय नभएकोले छानविन गर्नुपर्ने बताए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top