देशभरका उपमेयरलाई कोरोना रोकथामको अनलाईन प्रशिक्षण

२८ जेठ ७७, बिहीबार

२९ जेष्ठ, काठमाडौं ।
सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्य साथ स्थानीय पदाधिकारीका लागि अनलाईन प्रशिक्षण सुरु गरेको छ ।

संकट समाधानका लागि स्थानीय सरकारको नेतृत्वकर्ताहरु नै सक्षम हुनुपर्ने निष्कर्षका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र इन्स्टिीच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिज मार्फत प्रशिक्षण सुरु गरेको हो ।

कोभिड १९ को संक्रमणबाट जोखिन सामाजिक दुरी कायम गर्नुपर्ने र ठुलो जमघट गर्न नहुने अवस्थालाई मध्यनजर गर्दे मन्त्रालयले अनलाईन प्रशिक्षण सुरु गरेको हो । नगरपालिकाका उपमेयरहरु स्थानीय सरकारका न्यायीक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकारका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट संचार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिन सम्म प्रशिक्षण दिईने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए । जुमबाट संञ्चालन गरिएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले प्रशिक्षण दिनेछन् ।

कोभिड १९ र त्यसबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने विषयमा संकटका विभिन्न आयाम, त्यसले पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषयबारेमा प्रशिक्षण दिईने जानकारी गराईन्छ । उनले प्रशिक्षण कक्षमा १५ जना सहभागी राखिएको र जुममार्फत ८० प्रतिशतभन्दा बढी स्थानीय प्रतिनिधिलाई समावेश गराईएको जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे युएनडिपीका आवासीय प्रतिनिधि आइशा नीलाबेले उत्थानशील एंव दिगो समुदाय निर्माणमा युएनडिपीको राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकार्यका विषमा प्रकाश पारेका थिए ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव जय नारायण आचार्य, उपसचिव रमेश अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर विकास देवकोटा, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम लगायतले संकटमा नेतृत्वले ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए ।

५ दिन सम्म चल्ने अनलाईन प्रशिक्षणमा संकटमा सञ्चार र जोखिममा परेकाहरुसंगको संवाद, राष्ट्रिय सुरक्षा र संकटमा आकस्मिक सेवा, आकस्मिक जनस्वास्थय र स्थानीयतहको भूमिका, संकटमा नेतृत्व विषयमा जानकारी दिईने छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top