Nepal Times
Nepal Times
3
Shares

जापानमा पहिरोले पुरिएर ६ बेपत्ता

जापानमा पहिरोले पुरिएर ६  बेपत्ता

टोकियो, २८ चैत ः दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् ।

उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् ।स्थानीय समयानुसार बुधबार बिहान ३ः५० मा आएको पहिरोले याबाकैका तीन ओटा घरसमेत बगाएको स्थानीय अधिकारीहरु जनाएका छन् ।
पहिरोको बाटो आएर पुरिएको ठाउँबाट माटो हटाउन विभिन्न यन्त्रहरु मगाइएको उद्धार कार्यमा खटिएका स्थानीय अधिकारीहरुले बताएका छन् ।
सुरक्षाकर्मीहरुले पनि उद्धार तथा खोजीका लागि घटनास्थलमा सहयोग गरिरहेको उनीहरुले बताएका छन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.