नेपाली हाते कागजबाट मनग्य आम्दानी

२७ चैत ७४, बुधबार

आठराई, तेह्रथुम, २८, चैत ः फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् ।

स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला राईले बताईन् ।

घाम लागेको समयमा अरू दिनमा भन्दा बढी हाते कागज उत्पादन हुने गरेको छ । कागज बनाएरै मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने गरेको राईले बताईन् । उत्पादित हाते कागज रु २५ सम्ममा बिक्री हुन्छ ।

Advertisement

जंगलमा पाइने अर्गेली (लोक्ता) को बोक्रा निकालेर पकाएपछि कागज बनाउन चाहिने पदार्थ तयार हुन्छ । लालीखर्कका पुरुष वैदेशिक रोजगारीमा रहेका र महिलाको रोजगारी भने हाते कागजमै रहेको छ । मेची राजमार्गले छोएको लालीखर्कका अधिकांश महिलाको आम्दानीको स्रोत नेपाली हाते कागज बनेको छ । यस क्षेत्रका महिला दुई दशकदेखि कागज बनाउदै आएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top