Nepal Times
Nepal Times
3
Shares

आठ देशका चिया व्यापारी इलाममा

आठ देशका चिया व्यापारी इलाममा

मंगलबारे, इलाम २८ चैत ः चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन् ।

खरिदका लागि चियाको स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यापारी यहाँ आएका हुन् ।

चिया उत्पादनको याम शुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी व्यापारी आउन थालेका छन् । गुणस्तरीय चिया छनोट गरी खरिदका लागि आफूहरु यहाँ आएको उनीहरुले बताएका छन् । यहाँ उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्न तिनै व्यापारीको सहयोग आवश्यक हुने चिया उद्योगी सुजन नेपालले बताए ।

आलै सूर्योदय नगरपालिका र साना चिया उत्पादक तथा व्यवसायी किसानको आयोजनामा जिल्लामा ‘तेस्रो चिया महोत्सव’ समेत सम्पन्न भएको छ । सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा भएको सो महोत्सवमा आठ देशका १७ जनाले भाग लिएका चिया उद्योगी प्रभाकर प्रधानले बताए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.