Nepal Times
Nepal Times
3
Shares

नेपाली हाते कागजबाट मनग्य आम्दानी

नेपाली हाते कागजबाट मनग्य आम्दानी

आठराई, तेह्रथुम, २८, चैत ः फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् ।

स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला राईले बताईन् ।

घाम लागेको समयमा अरू दिनमा भन्दा बढी हाते कागज उत्पादन हुने गरेको छ । कागज बनाएरै मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने गरेको राईले बताईन् । उत्पादित हाते कागज रु २५ सम्ममा बिक्री हुन्छ ।

जंगलमा पाइने अर्गेली (लोक्ता) को बोक्रा निकालेर पकाएपछि कागज बनाउन चाहिने पदार्थ तयार हुन्छ । लालीखर्कका पुरुष वैदेशिक रोजगारीमा रहेका र महिलाको रोजगारी भने हाते कागजमै रहेको छ । मेची राजमार्गले छोएको लालीखर्कका अधिकांश महिलाको आम्दानीको स्रोत नेपाली हाते कागज बनेको छ । यस क्षेत्रका महिला दुई दशकदेखि कागज बनाउदै आएका छन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.