कोरोना फ्रि घोषणा गरेको एक हप्तापछि न्यूजिल्याण्डमा फेरि देखियो संक्रमण

२ असार ७७, मंगलबार
Share this
711shares

२ असार, एजेन्सी ।
न्यूजिल्याण्डमा फेरि कोरोना भाइरसको संक्रमित भेटिएको छ।

Advertisement

देशभर कोरोना भाइरसको कुनै केस नभएपछि आफूलाई कोरोना फ्रि देश घोषणा गरेको न्यूजिल्याण्डमा २४ दिनपछि दुईजनामा कोरोना संक्रमण देखिएको हो। गत हप्तामात्रै न्यूजिल्याण्डले देशभर लागू गरेको सबै प्रतिबन्ध हटाउँदै भाइरस मुक्त राष्ट्रका रुपमा आफूलाई घोषणा गरेको थियो।

आफ्नो अभिभावकको दाहसंस्कारमा सहभागी बेलायतबाट आएका दुई महिलामा संक्रमण देखिएको बताइएको छ। जुन ७ मा उनीहरु बेलायतबाट न्यूजिल्याण्ड प्रवेश गरेका थिए। त्यसपछि उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए।

Advertisement

संक्रमित पहिचान भएसँगै जुन ८ देखि न्यूजिल्याण्ड आएका सबैजनालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भनिएको छ। यससँगै न्यूजिल्याण्डमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६ पुगेको छ। यहाँ कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भइसकेको छ। बीबीसी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top