Nepal Times
Nepal Times
3
Shares

क्वारेन्टिनमा बसेका युवाले गरे आत्महत्या

क्वारेन्टिनमा बसेका युवाले गरे आत्महत्या

३ असार, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका एक जनाले आत्महत्या गरेका छन् ।

जेठ १० गते भारतबाट आएर क्वारेन्टिनमा बसेका शितगंगा नगरपालिका ५ का ४५ वर्षीय देवबहादुर बिकले आत्महत्या गरेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए । उनको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

शितगंगा–५, गल्दाको हरि माविको क्वारेन्टिनमा बस्दै आएका बिकले मंगलबार राती झुन्डिएर आत्महत्या गरेका हुन् । पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको भएपनि रिपोर्ट आएको छैन ।

उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.