×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनबाट ल्याएको स्वास्थ्य सामग्री टोखाका ११ वटै वडामा वितरण

४ असार २०७७

४ असार, काठमाडौं ।
टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाबाट ल्याएको स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनको नाग्छु नगरपालिकाले जेठ १५ गते टोखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

टोखाका नगरप्रमुख प्रकाश अधिकारीले चीनबाट सहयोगस्वरुप ल्याएको स्वास्थ्य सामग्री टोखाका ११ वटै वडामा वितरण गरिसकिएको जानकारी दिए । चीनको नाग्छु नगरपालिकाले टोखा नगरपालिकालाई विभिन्न किसिमका माक्स ३० हजार थान, थर्मल गन ३०० थान, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) तीन हजार थान, मेडिकल आइसोलेसन चस्मा तीन हजार थान, पञ्‍जा पाँच हजार थान, मेडिकल जुत्ता तीन हजार थान र स्यानिटाइजर सहयोग गरेको छ ।

Advertisement
Advertisement

उक्त सामग्रीको मूल्य एक करोड ८६ लाख रुपैयाँबराबर छ । टोखा नगरपालिकाले कोरोना रोग फैलन नदिन जाँचलाई बढाएको छ । टोखाले आगामी आर्थिक वर्ष ०७७–७८ मा प्राथमिक स्वास्थ्य केन्द्र टोखामा दुई शय्याको सुविधा–सम्पन्‍न आइसोलेसन निर्माण गर्नसमेत लागेको छ ।

Advertisement

उक्त सुविधा–सम्पन्‍न आइसोलेसन निर्माणका लागि आगामी आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्ने नगरप्रमुख अधिकारीको भनाइ छ । आइसोलेसन स्थापनासँगै कोरोना रोगको उपचारमा थप सहयोग पुग्‍ने विश्‍वास टोखा नगरपालिकाले लिएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top