×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

एमसीसीलाई सत्तारुढ दलका नेताले राष्ट्रघाती भन्नु दु:खद्: ज्ञानेन्द्र कार्की

४ असार २०७७

४ असार, काठमाडौँ ।
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकी सहयोग (एमसीसी) परियोजनालाई सत्तारुढ दलका नेताहरुले राष्ट्रघाती भन्नु दुःखद भएको बताए । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले एमसीसी ल्याउन धेरै सरकारले योगदान गरेको र यो एकै रातमा बन्द कोठाबाट नभएको बताए ।

सम्झौतामा राष्ट्रिय हितमा आँच आउने एउटा शब्द पनि नभएको उल्लेख गर्दै उनले भने–‘‘सम्झौता एकैदिनमा एकै रातमा बन्द कोठाबाट आएको सम्झौता होइन् । यो ल्याउनका लागि धेरे सरकारहरुले योगदान गरेका छन् । बाबुराम भट्टराई, खिलराज रेग्मी, शुशील कोईराला, पुष्पकमल दाहाल प्रचडको समयमा गति लिएर शेरबहादुर देउवाको समयमा सम्झौता भएको हो । यतिको सरकारका प्रधानमन्त्रीहरु, सहभागि मन्त्रीहरु सबै राष्ट्रघाती हुन ? राष्ट्रघाति हुन भने यो यो कारणले राष्ट्रघाती हुन भन्नुप¥यो । होइन भने राष्ट्रको हितमा रहेको यो सम्झौतालाई राष्ट्रघाती सम्झौता भनेर समाजमा अन्यौलता सिर्जना गरी अन्तर्राष्ट्रियस्तरमा हाम्रो विश्वसनियता र हाम्रो व्यक्तित्वमाथि प्रश्न उठिरहेको छ ।’’

Advertisement
Advertisement

एमसीसीले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई अगाडी बढाउने उल्लेख गर्दै उहाँले विद्युतको क्षेत्रमा यसले ठूलो गेम चेञ्जरको भूमिका खेल्ने बताए । सम्झौता लागु भएपछि अमेरिकी सेना नेपाल आउँछ भन्ने भ्रम छरिएको भन्दै उनले दुःख व्यक्त गरे । सम्झौतामा कुनै सैनिक गतिविधि हुने, नेपालको संविधानभन्दा माथि हुने भन्ने कुरा उल्लेख नभएपनि भ्रमण सिर्जना गरिएको उनले बताए । सम्झौता अनुसार काम गर्न अमेरिकी ठेकेदार आउँछ भनेर अर्को भ्रम छरिएको उल्लेख गर्दै उनले त्यो कुनै दफामा नलेखिएको र ग्लोबल टेण्डरबाट काम अगाडी बढ्ने बताए।

Advertisement

एमसीसी गुमाए अरुण तेस्रो गुमाएको भन्दा ठूलो पीडा हुने तथा विश्वसनियता र आर्थिक सम्भावनाको ढोका पनि गुम्ने उनले बताए । उनले एमसीसीलाई बहसको विषय बनाएर संसदमा छलफल गरी निष्कर्षमा पु¥याउन पनि सभामुखलाई आग्रह गरे । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको हस्ताक्षर भएको सम्झौतामा कार्कीले नेपालको तर्फबाट हस्ताक्षर गरेका छन् । उनी अर्थमन्त्री भएको समयमा नै यो सम्झौता भएको हो । पछिल्लो समय सत्तारुढ दलभित्र एमसीसी पारित गर्ने र नगर्ने भन्ने विषयमा मतभेद हुँदै आएको छ ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top