सेनाले गर्याे खरिपाटी क्वारेन्टिनको खर्च विवरण सार्वजनिक

४ असार ७७, शुक्रबार

५ असार, काठमाडौं ।

नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चीनबाट ल्याइएका १७५ विद्यार्थीलाई नेपाली सेनाकै नेतृत्वमा भक्तपुरको खरिपाटी क्वारेन्टिनमा सम्पूर्ण प्रवन्ध मिलाई १७ दिन राखेको पुर्याएको योगदानको बेवास्ता गर्दै अर्नगल प्रचार भएको भनी सेनाले आपत्ति प्रकट गरेको छ ।

Advertisement

स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै संवेदनशील र राष्ट्रिय प्रतिष्ठासँग गासिएको उक्त कार्यलाई उत्कृष्ट व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न गर्न पारदर्शी र प्रभावकारी पूर्वतयारी गरिएको स्मरण गराउदै सेनाले सो क्वारेन्टिनका लागि विनियोजित रु एक करोड २९ लाखमध्ये रु सात लाख २८ हजार रकम मौज्दात रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

उक्त क्वारेन्टिनका लागि खरिद गरिएको मध्ये रु तीन लाख उन्नाइस हजार मूल्य बराबरको औषधि पनि स्टोर मौज्दात रहेको जानकारी दिइएको छ । उक्त क्वारेन्टिनमा रहनेलाई खानाका लागि रु ५५ लाख एक हजार, औषधिमा रु तीन लाख ३३ हजार र औषधिजन्य सामग्री खरिदमा रु ६३ लाख ३७ हजार रकम खर्च भएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

स्वास्थ्य सामग्रीहरुमध्ये रु २३ लाख ३० हजार बराबरको औषधिजन्य सामग्रीहरु पुनः प्रयोगमा ल्याउने गरी स्टोर दाखिला भएको जानकारी दिइएको छ । क्वारेन्टिनमा रहने १७५ विद्यार्थी, नेपाल वायुसेवा निगमका १८ कर्मचारी, चिकित्सक समूह, सफाइकर्मी तथा एम्बुलेन्स टोलीसहित ९ (नौ) गरी २०२ जनालाई स्तरीय प्याकिङ्गसहितको स्वस्थ्यकर खाना खुवाइएको बताइएको छ ।

क्वारेन्टाइनमा शाकाहारी र मासाहारी दुवै किसिमका लागि छाक खाना र खाजाको व्यवस्था गरिएको स्मरण गराउँदै सेनाले त्यसका लागि कार्की केटरिङ्गसँग प्रति व्यक्ति प्रति दिन भ्याट वाहेक रु एक हजार ३५० मा सम्झौता भएको जानकारी दिएको छ । क्वारेन्टिनको सुरक्षामा खट्टिएका ३० सुरक्षाकर्मीलाई नास्ता, चिया र पानीको व्यवस्था पनि उक्त रकमबाट भएको सेनाले स्पष्ट गरेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा मुलुकको प्रमुख सयन्त्रका रुपमा आफ्नो जीवनलाई खतरामा राखेर जनताको रक्षामा काम गरिरहेको सेनाको मनोबल कमजोर तुल्याउने उद्देश्यबाट आउने टिक्का टिप्पणी प्रति सचेत रहन सैनिक मुख्यालयले सबैमा अनुरोध गरेको छ ।रासस

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top