बालबालिकालाई राष्ट्रप्रेमी बनाउन जरुरी : प्रधानमन्त्री ओली

५ असार, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताएका छन् । नेपाल स्काउटको ६९आँैं स्थापना दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले देशभरका विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तारका लागि आवश्यक कार्य गर्न सम्बद्ध निकायलाई आह्वान समेत गरेका छन् ।

उनले विपद् व्यवस्थापन कार्यका लागि समेत स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाउँगाउँमा ‘फस्ट रेस्पोन्डर’को रूपमा परिचालित गरिने बताएका छन् । नेपाल स्काउटमा आबद्ध अनुशासित नयाँ पुस्ताका प्रयासले जीवनमय र उर्वर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने अपेक्षा उनले व्यक्त गरेका छन् ।

विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालबद्ध प्रयास सहयोगी हुने विश्वास उनले व्यक्त गरेका छन्। बालबालिका तथा युवामा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भावनाको विकास गराई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यसाथ सन् १९०७ बाट विश्वमा स्काउट अभियान सुरु भएको हो । नेपालमा विक्रम संवत् २००९ मा स्काउट अभियानको सुरुवात भएको थियो ।

Advertisement

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top