कतारबाट शनिबार १७४ जना नेपाली ल्याइँदै , कोरोना जाँच नहुने

योगेन्द्र योगी
५ असार, दोहा ।

कतारबाट पहिलो उडान जुन २० (शनिबार) नेपाल एयरलाइन्सले उडान भर्ने भएको छ । अर्को उडान जुन २२ र २४ मा हिमालय एयरलाइन्सले गर्ने कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

सचिब भट्टराईले दिएको जानकारी अनुसार कतारबाट नेपाल एयरलाइन्सको पहिलो उडानमार्फत १७४ जना फर्कने छन् । यो सूची कतारको सम्बन्धित निकायलबाट पारित गरिसकेको छ ।

Advertisement

यस्तै हिमालय एयरलाइन्समार्फत जुन २२ मा हुने उडानमार्फत स्वदेश फर्कने १७४ जनाको नेपालीको पनि सूची तयार गरिएको उनले बताए ।

अर्को जुन २४ मा हिमालयबाट स्वदेश फर्काउन १७३ जनाको सम्भावित सूची पनि दूतावासले सार्वजनिक गरेको छ । नेपाल एअरलाइन्सले कतारबाट अर्को उडान पनि भर्ने जनाए पनि मिति भई नसकेको दूतावासले जनाएको छ ।

Advertisement

यता,कतारबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँच नहुने भएको छ । कतार सरकारले निजी स्वास्थ्य संस्थालाई कोरोना परीक्षण गर्ने अनुमति नदिएकाले यहाँबाट स्वदेश फर्कने नेपालीको सामान्य ज्वरो मात्र जाँच गरेर स्वदेश पठाउने तयारी भएको उनले बताए ।

नेपाल सरकारले तोकेअनुसारको स्वदेश फर्कने नेपालीको साथमा कोरोना जाँचको प्रमाणपत्र साथमा राखेर फर्कन सम्भव नभएको समेत दूतावासले स्पष्ट पारेको छ ।

यहाँबाट फर्कने नेपालीको विमानस्थलमा सामान्य ज्वरो मात्र मापन गरिने छ भने साथै ‘एह्तराज मोबाइल एप’ मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने दूतावासले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top