६ असार, विराटनगर ।
न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल विराटनगरले यूनिभर्सल लर्ड बुद्ध अन्तर्गत संचालित लर्ड बुद्ध स्कुल/कलेजको संचालकको स्वामित्व लिएको छ ।
विगत १६ बर्ष देखि संचालनमा रहेको यूनिभर्सल लर्ड बुद्ध अन्तर्गत संचालित लर्ड बुद्ध स्कुल/कलेजको अध्यक्ष नितिन चन्द्र गजुरेलले एक विशेष समारोहका बीच प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमेरेको प्रमूख आतिथ्यमा न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्र कुमार विष्टलाई , संचालक समितिको जिम्मेवारीको अध्यक्षतामा नयाँ समिति गठन हुने गरी हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण पश्चात कार्यकारि निर्देशक अनिषा विष्ट र प्रबन्ध निर्देशक राजेश भट्टराई सहितको तिन सदस्यी संचालक समिति गठन गरिएको छ । कलेजका निवर्तमान अध्यक्ष नितिन गजुरेलले कलेजको सम्पुर्ण स्वामित्व तथा व्यवसायिक व्यवस्थापन सबल व्यवस्थापकिय क्षमता रहेको डा. विष्टको टिमलाई हस्तान्तराण गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन् । स्वामित्व ग्रहण पछि डा. विष्टले प्रदेश १ कै शिक्षा क्षेत्रमा स्थापित लर्ड बुद्ध कलेजको स्वामित्वले स्वास्थ्य तथा शिक्षा क्षेत्रको माध्यमबाट समाजमा योगदान पुर्याउने आफ्नो उद्देश्यले थप सार्थकता पाएको बताए ।
यता कलेजका प्रबन्ध निर्देशक राजेश भट्टराईले , लर्ड बुद्ध कलेज शिक्षा क्षेत्रमा लामो इतिहास बोकेको , कलेजको गरिमा तथा साखलाई आफ्नो नेतृत्वमा थप उचाइमा पुर्याउने दृढता व्यक्त गरे । सोहि कार्यक्रममा , भट्टराईले कलेजको व्यवस्थापकिय तथा अन्य जिम्मेवारि तोक्दै कार्य समिति विस्तार गरेका छन । प्रबन्ध निर्देशक भट्टराईको नेतृत्वमा उच्च प्रविधि तथा आधुनिक भौतिक संरचना सहित कलेजको स्तरोन्नित गर्नका लागि अल्पकालिन तथा दिर्घकालिन योजना समेत तर्जुमा गरिएको छ ।
उक्त स्वामित्व हस्तान्तरण कार्यक्रममा मन्त्री जिवन घिमिरेले स्वास्थ्य क्षेत्रमा ख्याति कमाएका डा. विष्टको टिमलाई शिक्षा क्षेत्रमा पनि सफलताको शुभकामना दिए । यस्तै मन्त्री घिमिरेले डा. विष्टको टिम सबल एवम सक्षम रहेको भन्दै शिक्षा क्षेत्रको आवश्यक्तता तथा मागलाई सम्बोधन गर्नु हुने विश्वास व्यक्त गरे । डा. बिष्टको नेतृत्वमा बिभिन्न संघ संस्थाहरु संचालनमा छन् । उनी न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल , मदर एण्ड चाइल्ड हस्पिटल , न्यूरो हेल्थ कलेज लगायतका अन्य संघ संस्थाहरुको संचालक छन् ।