नयाँ नक्सा राष्ट्र संघ र गुगललाई पठाउन ढिला नगरौंः सीमाविद्

७ असार, काठमाडौँ ।
सीमाविद बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमाकङ्न टुंगो लगाउनुपर्ने बताएका छन् । लिपुलेक पश्चिममा चीनसँग पनि सिमांकन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमाङ्कन गरी त्रिदेशिय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने बताए ।

चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशिय विन्दु कायम भएपनि नेपालको २ वटा विन्दु समेत कायम नभएको उल्लेख गर्दै उनले चीनलाई सिमाङ्कन टुंगो लगाउन आग्रह गर्दै त्रिदेशिय विन्दु स्थापनाका लागि भारतलाई पनि मनाउनुपर्ने बताए । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सीमाविद् श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला गर्न नहुने बताए ।

सांसदहरुको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्सा प्रयोग भएका लेटरप्याडहरु तत्काल परिवर्तन गर्नुपर्ने उनले बताए । केन्द्रीय तथ्याङ्क विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गर्दै उनले गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिइ नेपालमा रहेका कुटनीतिक नियोगहरुमा तत्काल नक्सा वितरण गर्नुपर्ने बताए ।

Advertisement

सीमा समस्या वार्ताबाट मात्रै समाधान हुन सक्ने भन्दै उहाँले सडकमा आएर दुई चार शब्द भन्दै विच्काएर नहुने बताए । नेपाली भूमिबाट भारतीय सेना फिर्ता वातावरण नेपालले बनाउनुपर्ने उनले बताए । भारत वार्ताका लागि कुनै पनि हालत तयार नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाव सिर्जना गराउनुपर्ने सुझाव उनले दिएका छन् । भारतसँग भएको प्रमाण कमजोर भएका कारण वार्ताका लागि तयार नभएको आशंका गर्दै उनले राष्ट्रसंघमा रहेका देशहरुको माध्यमबाट भारतलाई वार्ताका लागि दबाव सिर्जना गर्नुपर्ने बताए ।

अद्यावधिक नक्सा अनुसार संविधान संशोधन भएपछि अबको कदम के हुने भनेर जिज्ञासा राखेका थिए । समितिले राष्ट्रिय महत्वको दस्तावेज तयार गरी संसदमा पेश गर्ने तयारी गरेको समिति सभापति रामनारायण विडारीले बताए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top