×

NEPAL TIMES UPDATES

Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026

महाकाली सिँचाइ कुछवा गतिमा, तेह्र वर्षमा तेह्र किमी नहर

७ असार २०७७

७ असार, भीमदत्तनगर ।

सिँचाइतर्फ सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनाभित्र पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माण कार्य भने कुछवा गतिमा छ । आर्थिक वर्ष २०६४/६५ मा शुरु भएको सिँचाइ आयोजनाको काम बजेट अभाव, वनलगायत अन्य निकायसितको प्रक्रियागत अल्झन र मुआब्जा विवाद लगायतका कारणले ढिलाइ हुँदै आएको छ । ‘२०६४ सालमा काम शुरु भए पनि सन्तोषजनक रुपमा अघि बढ्न सकेन’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक प्रचण्डदेव विष्टले भने– ‘मुख्य कारण आयोजनालाई बजेट अभाव नै हो ।’

Advertisement
Advertisement

आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालभारत सीमायता बेदाकोट नगरपालिकाको मसेपानीसम्म १३ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ । त्यसपछि आयोजनाले थप एक किलोमिटर मूल नहर निर्माणका लागि ३६ महिनाको अवधि तोकेर तीन प्याकेजमा ठेक्का दिएको छ । ‘तीनवटै प्याकेजको ठेक्का समायावधि आगामी मङ्सिरमा सकिँदैछ’ उनले भने– ‘तर यहाँ गत चैत महिनायता काम गर्न बजेट छैन ।’ चालू आवमा मूल नहर निर्माणका लागि रु ३० करोड बजेट आए पनि त्यो सकिएको बताए ।

‘म आउनुभन्दा पहिले नै आएको बजेट सकिएको थियो’ उनले भने– ‘थप बजेट माग गरेको धेरै भइसक्यो तर बजेट आएको छैन ।’ निर्माणाधीन १५ किलोमिटरको हालसम्म ३० प्रतिशत काम सकिएको उनले बताए । ‘बन्दाबन्दीले पनि काम प्रभावित भयो’ उनले भने– ‘अहिले सामान्य रुपमा काम अघि बढेको छ ।’

रु दुई अर्ब ३० करोड सम्झौता गरिएको १५ किलोमिटर मूल निर्माणको काममा अझै चारवटा सामुदायिक वनको रूख कटानी र ऐलानी जग्गाको मुआब्जा विवाद यथावत् छ । त्यसैगरी महाकाली नदीदेखि नेपाल–भारत सीमानासम्म भारतले महाकाली सन्धिअनुसार बनाई दिनुपर्ने एक हजार दुई सय मिटर मूल नहर निर्माणको काम ढिलो गरी अघि बढाएको छ । ‘भारतले १८ महिनाभित्र काम सक्ने गरी ठेक्का दिएर काम थालिसकेको छ’, उनले भने– ‘तर भारततर्फ दिनुपर्ने सिँचाइका लागि पानी भारतले दिन आनाकानी गर्दै आएको छ ।’

महाकाली सन्धिअनुसार महाकालीपारिको दोधारा चाँदनीलाई सिँचाइका लागि भारतले शारदा नहरबाट ३५० क्युसेक पानी दिनाका साथै डेढ किलोमिटर नहरसमेत निर्माण गर्नुपर्ने हो । ‘नेपाल–भारत सिमानासम्म डेढ किलोमिटर नहर बनाएर हामीलाई पानी दिनुपर्ने हो’ उनले भने– ‘हामीले धेरै पटक पहल गरे पनि सुनुवाइ भएको छैन ।’

पानीको टुङ्गो नहुँदा सिँचाइ आयोजनाले दोधारा चादँनीतर्फ नहर निर्माणका लागि छुट्याउने गरेको रकम खर्च हुन सकिरहेको छैन । ‘आगामी चालू आर्थिक वर्षदेखि महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सरकारले राखेको छ’ उनले भने– ‘गौरवको आयोजनामा समावेश भएकाले काम पनि छिटो हुन्छ भन्नेमा आशावादी छौँ ।’

सरकारले आगामी वर्षका लागि सिँचाइलाई रु ८० करोड रकम बिनियोजन गरेको विष्टले जानकारी दिए । ‘निर्माण गरिसकेको १३ किलोमिटर मूल नहरको शाखा नहर निर्माणका लागि पनि पहल गरिरहेका छौँ’, उनले भने– ‘रकम अभावकै कारण चाहेअनुसार गति दिन सकिने अवस्था हुँदैन ।’

महाकाली नदीबाट सन्धिअनुसार बर्सातमा एक हजार क्युसेक र हिउँदमा ४६० क्युसेक पानी भारतले दिनुपर्ने उनको भनाइ छ । ‘शाखा नहर नहुँदा एक दशकदेखि बनेको नहरमा पानी बगेन’ उनले भने– ‘एक हजार दुई सय मिटर नहर र इन्टेकको काम भारतीय पक्षबाट पनि ढिलो गरी शुरु भयो ।’

Advertisement

कैलालीको मालाखेतीसम्म ५१ किलोमिटरको नहर निर्माणका लागि रु ३५ अर्ब लागत अनुमान गरिएको भए पनि आयोजना समयमा पूरा हुने सम्भावना न्यून छ । आयोजाना सम्पन्न भए कञ्चनपुरको पूरै र कैलालीको मालाखेती क्षेत्र गरी ३३ हजार ५२० हेक्टर सिँचाइ सुविधा पुग्ने भनिएको छ ।-शेरबहादुर सिंह/रासस

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top