जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ स्थापना

२८ चैत ७४, बिहीबार

काठमाडौँ, २९ चैत ः सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ ।

माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए ।

मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो ।

Advertisement

मन्त्रालयले जिल्ला शिक्षा अधिकारीलाई नै उक्त कार्यालयको प्रमुख रहेर काम गर्न निर्देशनसमेत दिइसकेको छ ।

देशभरि २०१८ सालदेखि जिल्ला शिक्षा कार्यालय रहँदै आएको थियो ।

Advertisement

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला शिक्षा कार्यालयको ठाउँमा एकाइ कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

सहसचिव अर्यालका अनुसार उक्त एकाइ कार्यालय जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहनेछ ।

अहिले जिल्ला शिक्षा कार्यालय भएको ठाउँमा नै एकाइ कार्यालय स्थापना गरिनेछ । उक्त कार्यालयले कक्षा ८ र १० को परीक्षा सञ्चालनसम्बन्धी काम गर्ने, शिक्षकको अभिलेख राख्ने, शिक्षकको निवृत्तिभरणको काम गर्नेलगायतका काम गर्ने सहसचिव अर्यालले बताए ।

अहिले उक्त कार्यालयमा प्रमुख ‘शिक्षा सेवाको उपसचिव’ र ‘शाखा अधिकृत’ रहने छन् । यसअघि शिक्षा कार्यालयमा रहने ‘जिल्ला शिक्षा अधिकारी’ पदको व्यवस्था गरे पनि एकाइ कार्यालयमा भने त्यस्तो पदको नाम राखिएको छैन ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top