काठमाण्डौं,चैत २९ ः आतंकवादी गतिविधि हुन नदिनको लागि आवश्यक कार्ययोजना बनाउन सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
गृहसचिव प्रेमकुमार राईले सानातिना आतंकवादी गतिविधि हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक कार्ययोजना बनाउन सुरक्षा निकायलाई सचेत गराएका हुन् ।
विहिबार नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई दर्जानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै सचिव राइले सुशासनमा विशेष जोड दिन नव नियुक्त आइजीपीद्धयलाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै सचिव राईले जनताको सेवा गर्ने काममा सुस्तता आएको भन्दै गति दिन पनि प्रहरी संगठनहरुको गम्भिर ध्यानाकर्षण गराए ।
सचिव राईले काममा गति दिन प्रहरी संगठनका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका थिए ।