Nepal Times
Nepal Times
3
Shares

६० वर्षीय पासवान बेपत्ता

६० वर्षीय पासवान बेपत्ता

लहान, २९ चैत ः सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुर निवासी एक बृद्ध बुधबार बिहानदेखि बेपत्ता भएका छन् ।

आफ्नै खेतमा काम गर्न गएका ६० वर्षीय लक्ष्मण पासवान बेपत्ता भएका हुन् । बुधबार बिहान खेतमा काम गर्न जान्छु भन्दै हिँडेका पासवान अहिलेसम्म घर नफर्किएको परिवारजनले बताएका छन् ।

बेपत्ता भएका पासवानलाई परिवारका सदस्य तथा गाउँलेले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको विष्णुपुर गाउँपालिका वडा नं १ का वडाध्यक्ष गोपेन यादवले जानकारी दिए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.