अस्पताल भवनको निर्माण कार्य अलपत्र

२९ चैत ७४, शुक्रबार

इटहरी, ३० चैत ः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन ।

उक्त अस्पताल भवन रु चार अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो । निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी दिइएको केज कन्सल्टेन्सीले उक्त भवन निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रचलनमै नरहेको तीन दशमलब पाँच प्रतिशत कन्सल्टेन्सी बापतको रकम लिएको छ ।

अग्रिम रुपमा कन्सल्टेन्सी बापतको रु १४ करोड रकम भुक्तानी दिइसकिएको बताइएको छ । तर, भवन बनाउने कार्य भने अधुरो र अलपत्र छ । प्रतिष्ठानका उपकुलपति प्रा डा रौनियारले कन्सल्टेन्सी बापतको रकम भुक्तानी दिएर उक्त भवन निर्माणबापत विनियोजित रकममध्ये रु नौ करोड एमआरआई खरिदमा रकमान्तर गरेपछि भवन निर्माण कार्य अलपत्र परेको प्रतिष्ठानका जानकार पदाधिकारीहरुको आरोप छ ।

Advertisement

अस्पताल भवनको रु नौ करोड एमआरआई खरिदमा रकमान्तर गरिए पनि अन्तिममा त्यसको पनि सम्झौता रद्द गरिएपछि एमआरआई खरिद कार्य पनि अबरुद्ध भएको छ ।

दुई वर्ष अवधि सकिए पनि ४० प्रतिशत मात्रै काम भएको प्रारम्भिक अनुमान छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top