११ असार, विराटनगर ।
सुनसरीको कोशी गाँउपालिकास्थित भण्टाबारीमा एक युवा प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन् ।
सो ठाँउका २३ बर्षीय मिथुन यादव प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट फेनारगन ४१ एम्पुल, डाईजेल्याव ३९ एम्पुल, लुपिजेसिक ४० एम्पुल, नाईट्रोशन १ सय ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १ सय ४४ क्याप्सुल बरामद गरेको छ ।
दिउसोको समयमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको समयमा चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।