सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण

बेरुत, ३० चैत ः सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन् ।
‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा सहरमा बुधबार रुसका सेना र प्रहरीसमक्ष आफ्ना भारी हातहतियारसहित समर्पण गरेका बताइएको छ ।
यी लडाकूहरु बुधबार साँँझ उत्तरी सिरियाली सहर डुमा आइपुगेका बेलायतसँग आवद्ध द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।
गुटा सहर छोडेर गएका ती विद्रोहीहरु अन्यत्र कुन स्थानमा गएका हुन सो भने प्रप्ट भएको छैन ।
विद्रोही छोडेको गुटा सहर भने सरकारी सुरक्षा अधिकारीहरले नियन्त्रणमा लिएका बताइएको छ ।
सिरियामा जारी द्वन्द्वको क्रममा गत पाँच बर्षयता सिरियाको राजधानी दमासकसपछि गुटा अन्त्यन्त युद्ध प्रभावित क्षेत्रमा पर्दछ ।
सिरियाको गुटा सरहमा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणमा परी सयौ सर्वसाधारणको मृत्यु भएको थियो ।
सरकारको तर्फबाट भएको यस रासायनिक हतियार आक्रमणको अन्तर्राष्ट्रिय जगतमा नै विरोध भएको थियो ।
सिरियामा सन् २०११ को मार्चमा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको द्वन्द्व विभिन्न शिर्षक अझै पनि जारी रहेको छ ।
सो समयदेखि हालसम्म यस द्वन्द्वमा परी लाखौ व्यक्तिको मृत्यु भईसेकेको छ । लाखौ घाइते भएका छन भने, लाखौले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।

छिट्टै निर्णय लिइने अमेरिकी राष्ट्रपतिको भनाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा गरिने सम्भाव्य सैन्य कारबाहीबारे छिट्टै निर्णय लिइने बताएका छन् ।
सिरियामा सरकार र रुसको सहयोगमा भएको रासायनिक हमलाविरुद्ध कस्तो सैन्य कारबाही गर्ने भन्ने विषयमा ब्रिटेन र फ्रान्सका नेताहरूसँग छलफल भइरहेको ट्रम्पले बताएका छन् ।
सिरियाको डुमामा भएको भनिएको रासायनिक हमलाको अमेरिका र पश्चिमा देशहरुबीच छलफल भईरहेको उनले बताएका हुन् ।
गतहप्ता सिरियामा भएका केही हमलाहरूमा रासायनिक हतियारको प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकालाई यस्तो क्रियाकलाप मान्य नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा क्षेप्यास्त्रहरू प्रहार गर्न सकिने भनि दिएको चेतावनीको रुसले बदला लिने प्रतिक्रिया दिएको छ ।
पछिल्लो समयमा रुस र अमेरिकाबीच पनि असमझदारी बढ्दै गएको छ । सिरियामा गएका केही समयदेखि जारी रहेको रासायनिक हतियार हमलामा रुसले सघाएको अमेरिकी आरोप छ ।
अमेरिकाका लागि रुसी राजदूत भसिली नेबेन्जियाले सिरियामा कुनै कारबाही भए अमेरिका र रूसबीच युद्ध हुने सम्भावना बढ्ने बताएका छन् । तर उनले युद्ध रोक्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि बताएका छन् ।
तर उता सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले भने यस्ता कुनै रासायनिक हमलाको प्रयोग सिरियाली सैनिकले नगरेको दाबी गर्दै आएको छ ।
बिहीवार फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंन सिरियाली सरकारले डुमामा रासायनिक हमला गरेको प्रमाण आफूसँग भएको बताएका थिए ।
बेलयातको मन्त्रिपरिषद्ले थप रासायनिक हमला रोक्न सिरियामा कारबाही गर्नु पर्ने आवश्यकतामा सहमति जुटाएको बताइएको छ ।
बेलायतका प्रधानमन्त्री थेरेसा मे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रासायनिक आक्रमणको जवाफ दिनु पर्नेमा एक मत रहेका र उनीहरु यस विषय निकट रहेर काम गर्ने समेत बताइएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top