सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले एक/एक लाख दिने

१२ असार, सप्तरी । सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतकका परिवारलाई एक/एक लाख रुपैयाँ दिने प्रदेश २ सरकारले घोषणा गरेको छ ।

Advertisement

प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले एक/एक लाख रुपैयाँ दिने घोषणा गरेको जानकारी दिए ।

चट्याङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

Advertisement

प्रदेश सरकारले मृतकका परिवारलाई जनही रु एकरएक लाख रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको जानकारी दिँदै चट्याङ लागेर मृत्यु भएका महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको परिवारसँग घरमै गएर भेट गरी मृतकलाई श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्।

वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको छ।

Advertisement

जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top