×

NEPAL TIMES UPDATES

Playing
किन चाहियो सांसद्लाई स्वकीय सचिव ? अधिकृत स्तरको सुविधा ब्युत्याउने|| Nepal Times
May 15, 2026
Playing
बालेनले हेर्ने ४८ क्षेत्र,एआई, साइबर,गुप्तचर, डिजिटल शासनदेखि सुरक्षासम्म || Nepal Times
May 15, 2026
Playing
Top 15 Afternoon News || May-15-2026 || Nepal Times
May 15, 2026
Playing
आज चीनबाट अमेरिका फर्किदै ट्रम्प, सीले दिनेछन् यस्तो उपहार|| Nepal Times
May 15, 2026
Playing
हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागे, किन यति रुष्ट हर्क ?|| Nepal Times
May 15, 2026
Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026

आज मलेसियाबाट आउने विमानले १८ जनाको शव ल्याउँदै, साउदीबाट भोलि १६ जनाको शव ल्याउने

१२ असार २०७७

१२ असार, काठमाडौं । आज मलेसियाबाट १८ जना नेपालीको शव ल्याईंदैछ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव आज स्वदेश ल्याउन लागिएको हो । आज साँझ नेपाली लिएर आउने चार्टर्ड उडानमार्फत शव पनि ल्याउन लागिएको हो ।

सिरहाका बलराम ठाकुर, जाजरकोटका बीरबहादुर कामी, धनुषाका बिपिन महरा, बाराका राजाराम चौधरी, सल्यानका प्रेम बि.क, पाँचथरका जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा, रोल्पाका विजयबहादुर बोहराको शव नेपाल ल्यायने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

Advertisement
Advertisement

बोर्डका अनुसार इलामको पदमबहादुर सारु, बाग्लुङ्का शिव पुन मगर, नवलपरासीका पुनरवासी पुरी, नुवाकोटका दिपक भट्टराई, महोत्तरीका भरोसी यादव, महोत्तरीका दुःखीलाल मण्डल खान र मनोजकुमार यादव, बाराका प्रवेश कुमार खतवे र रुकुमका कुवीराम ओलीको शव ल्याईंदैछ । यसअघि पनि कोरोनाको कारण रोकिएका ११ शव मलेसियाबाट ल्याइएको छ ।

यस्तै साउदीबाट भोलि शनिबार बिहान नेपाली लिएर आउने जहाजले १६ जनाको शव ल्याउने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा नेपालीका शव रोकिएका थिए । त्यहाँ समस्यामा परेको नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि आउन थालेका छन् । कतारले असार ६ गते २० जना नेपालीको शव कतार एअरवेजको चार्टर्ड उडानमार्फत पठाएको थियो ।

Advertisement
Advertisement

अन्य देशबाट पनि नेपाली लिएर आएका जहाजले शव पनि लिएर आइरहेका छन् । यसरी विमास्थलमा आइपुगेका शव लकडाउनका कारण आफन्त लिन आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पु¥याइदिन्छ । काठमाडौंमै आफन्त भएमा शव बुझ्न सकिने र बोर्डले घरसम्म ढुवानी गरिदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । आज आउने शवको ढुवानीका लागि बोर्ड तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top