×

NEPAL TIMES UPDATES

Playing
अमेरिकामा परमाणु मिसाइल टेस्ट, युद्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

खाडीमा नेपालीको दर्दनाक अवस्था, १६२ पटकमा पनि उठेन दूतावासकाे फोन

१३ असार २०७७

१३ असार, दोहा ।
नेपालले बैदेशिक रोजगारीमा गएकाहरुले पठाएको पैसाले अहिलेसम्म मुलुक चलाइरहेको छ भन्दा पनि फरक नपर्ला तर पनि समस्या पर्दा नेपाल सरकार तथा खाडीस्थित त्यहाँ खोलिएका दूतावासहरु प्रया जस्तो रमिले जस्तै बनेर बसीरहेका छन् ।

गत हप्ता एउटा भिडियो भाइरल भयो त्यो भिडियो थियो यूएईस्थित नेपाली दूतावासको । आफु कार्यरत कम्पनीले कामबाट निकाली दिएपछि आफ्नो समस्या लिएर शिव बच्चन शाह दुतावास पुगे । आफ्नो समस्याको पोका बोकेर गएका उनलाई दूतावासका कर्मचारीहरुको रुखो बोली लगायत विभिन्न कारणले उनको समस्या सुनुवाई भएन् ।

उनी काठमाडौँको एक मेनपावर मार्फत एक लाख पचास हजार तिरेर दुबई पुगेका थिए । कोरोनाको कारण कम्पनीले कामबाट निकाले पछि उनी अलपत्र परे । उनले सोचे बिदेशमा नेपालीहरुको एक मात्र सारथी भनेको दूतावास हो तर अहिलेसम्म ४० पटक दूतावास पुग्दा पनि बेवास्ता गरेको उनी बताउछन् ।

यता नुवाकोटका कुल प्रसाद वस्तीको पनि समस्या उस्तै छ उनी पनि घरपरिवारको समस्याका कारण नेपाल फर्किन भनेर दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरे तर दूतावासले दोश्रो पल्ट प्रकाशित गरेको स्वदेश फर्किनै सूचीमा उनको नाम आएन् ।उनी भनछन्, ‘दूतावासको नम्बरमा १६२ पटक फोन गरे एक पटक पनि दूतावासले फोन उठाउदैन अब के गर्ने ?’

धेरै युवाहरुको अहिले खाडी मुलुकबाट नेपाल फर्काउने क्रम चलिरहेको भए पनि वास्तबिक पिडितहरु भने खाडीमै रुमलिरहेका छन् । सरकारले उद्दार भने पनि टिकटको पैसा आफै तिर्नु पर्ने भए पछि अरु समस्या देखा परेको छ । पैसा हुनेले त टिकटको पैसा तिरेर आउने तर टिकट काट्ने पैसा नभएकाले के गर्ने खाडीका अधिकांश नेपाली श्रमिकहरुको अवस्था उस्तै छ ।

यता कतारमा रहेका मोहम्मद हानिफ मियाको पनि समस्या अरुको भन्दा कम छैन् । उनी पनि कतार आएको पाँच दिनमै बिरामी परे । त्यस पछि ८ दिन आईसियुमा बसेर उपचार गरे पछि कम्पनीले दुई महिना आराम गर्न भन्यो ।

पछि कोरोना सुरु भएसंगै कम्पनी पनि बन्द भयो र अहिले विगत चार महिना देखि उनी बेरोजगारी भएर बसीरहेका छन् । बल्ल बल्ल कम्पनीले नेपाल फर्कने टिकट मिलाई दिएको थियो ।  तर लकडाउन र उडान बन्द भए पछि टिकट काटेर बसेका उनी नेपाल फर्किन पाएनन् । उनले पनि कतारस्थित नेपाली दूतावासमा फोन गरे तर दूतावासको फोन उठेन् ।

उनले भने – ‘एक पटक बल्ल बल्ल उठ्यो फारम भर्नु पर्छ भन्यो अनलाइन फारम पनि भरे अहिलेसम्म नाम आएन अब के गर्ने आफै अलमल पारेको छु ।’

यता दूतावासले भने प्रथामिकता आधारमा नामावली प्रकाशित गरेको बताए पनि वास्तविक पिडितहरु समस्या उस्तै छ । खाडीका प्रया जसो दुतावासहरुको फोन नउठ्ने उनको गुनासो छ ।

यता यी समस्या र गुनासो बारे सम्बन्धित दूतावासहरुमा सम्पर्क गर्दा सबै समस्याहरुको समाधान हुने र समाधान गर्ने प्रयास भैरहेको जनाएका छन् ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top