NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा शुक्रबार पुस २५ , २०८२
काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

सलह प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय

आइतवार असार १४ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ असार, बुटवल ।

रुपन्देही क्षेत्रमा शनिबार बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा शनिबार बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिए ।

रुपन्देहीको भैरहवास्थित गहुँबाली विकास कार्यक्रमका कीटविज्ञ र प्रदेश कृषि निर्देशनालयका कीटविज्ञको टोलीले संयुक्त रुपमा अध्ययनअनुसन्धान गरेको थियो । बुटवलका विभिन्न क्षेत्रका आकाशमा लाखौँ देखिएको सलह कीरा अहिले बुटवलदेखि उत्तरपश्चिमतर्फ लागेको उनले जानकारी दिए ।

LS Auto

“यो सलह कीरा नै हो, यसले एक दिनमा आफ्नो तौल बराबरको हरियो बाली खाएर नोक्सान गर्छ”, सचिव सुवेदीले भने, “ठूलो सङ्ख्यामा आएको सलह कीरा बालीनालीमा बस्यो भने एकै रातमा पूरै सखाप पार्छ ।”

बुटवल क्षेत्रमा सलह देखिएपछि शनिबार नै प्रदेश सरकार विपद् समितिको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बसेको बैठकले यसबाट किसानको बालीनाली नोक्सान हुनबाट बचाउन विभिन्न उपाय अपनाउने निर्णय गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सलहको नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अबलम्बन गर्ने र क्षति न्यूनीकरणका प्रयास गर्ने जानकारी दिए । उनले अहिले धान रोप्नका लागि बीउ तयार भएका अवस्थामा सलहले नोक्सान गर्ने सम्भावना रहेकाले बीउ जोगाउने उपाय अबलम्बन गर्न आग्रह गरे।

सलह जम्मा गरेर माछा, कुखुरा र बङ्गुरको दानाका लागि प्रयोग गर्न सकिने विज्ञले बताएका छन् । भूमि व्यवस्था मन्त्रालयले किसानले सलह जम्मा गरेर स्थानीय तहमार्फत वडा कार्यालयमा ल्याएमा प्रतिकिला रु २० का दरले नगद उपलब्ध गराइने निर्णय गरेको मन्त्रालयका सचिव सुवेदीले जानकारी दिए ।

मन्त्रालयले सलह नियन्त्रण गर्न मालाथिन वा क्लोरपाइरिफोस नामका विषादी प्रतिलिटर २ एमएल राखेर छर्कन सल्लाह दिएको छ । प्रदेश कृषि निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले सलहको जन्म मरुभूमिमा हुने र लगातार वर्षामा उड्न नसक्ने अध्ययनबाट देखिएको तर नेपालमा कसरी आयो भन्ने यकिन गर्न नसकिएको बताए ।

मन्त्रालयका सूचना अधिकारी विनोद ज्ञवालीले यो कीरा नेपालमा भारततर्फबाट आएको अनुमान गरे । जल तथा मौसम विभागले सलह आफ्नो बाटो भारत पश्चिम बंगालतिर जाने अनुमान गरेको छ ।

शनिबार बिहान यस क्षेत्रमा प्रवेश गरेको सलह उत्तरपश्चिमतर्फ लागेकाले गुल्मी अर्घाखाँचीतर्फ क्षति पु¥याउने सम्भावना रहेको उनले बताए ।

मौसम विभागले आइतबार र सोमबार पश्चिमतर्फ लाग्न सक्ने भएकाले त्यस क्षेत्रमा यसले क्षति पु¥याउन सक्ने अनुमान गरेको छ ।

पाल्पाली चिन्तित

पाल्पा–बुटवलबाट उत्तरपश्चिम उडेको सलह पाल्पामा देखिएको छ । रुपन्देही जिल्लाको बुटबल हुँदै पाल्पाका दोभान, सराई र पोखराथोक क्षेत्रमा देखिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले पाल्पामा सलह देखिएकाले अन्नबाली जोगाउन भाँडा बजाउन र आगो बालेर धुवाँ बनाउन अनुरोध गरे ।

जिल्लाका आर्यभञ्ज्याङ, राम्दी क्षेत्रलगायतका किसान सलहबाट उत्पादित खेती नष्ट हुने भएपछि चिन्तित बनेका छन् । तानसेन नगरपालिका तथा बगनासकाली र रिब्दीकोट गाउँपालिकाले सामाजिक सञ्जालको प्रयोग गरी किसानलाई स्थानीय स्रोतसाधनको प्रयोग गरी सलह भगाउन अनुरोध गरेका छन् ।

लोकप्रीय

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

राजनीति

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा
समाचार

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.