सलह प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय

१३ असार ७७, आइतबार

१४ असार, बुटवल ।

रुपन्देही क्षेत्रमा शनिबार बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा शनिबार बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिए ।

रुपन्देहीको भैरहवास्थित गहुँबाली विकास कार्यक्रमका कीटविज्ञ र प्रदेश कृषि निर्देशनालयका कीटविज्ञको टोलीले संयुक्त रुपमा अध्ययनअनुसन्धान गरेको थियो । बुटवलका विभिन्न क्षेत्रका आकाशमा लाखौँ देखिएको सलह कीरा अहिले बुटवलदेखि उत्तरपश्चिमतर्फ लागेको उनले जानकारी दिए ।

Advertisement

“यो सलह कीरा नै हो, यसले एक दिनमा आफ्नो तौल बराबरको हरियो बाली खाएर नोक्सान गर्छ”, सचिव सुवेदीले भने, “ठूलो सङ्ख्यामा आएको सलह कीरा बालीनालीमा बस्यो भने एकै रातमा पूरै सखाप पार्छ ।”

बुटवल क्षेत्रमा सलह देखिएपछि शनिबार नै प्रदेश सरकार विपद् समितिको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बसेको बैठकले यसबाट किसानको बालीनाली नोक्सान हुनबाट बचाउन विभिन्न उपाय अपनाउने निर्णय गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सलहको नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अबलम्बन गर्ने र क्षति न्यूनीकरणका प्रयास गर्ने जानकारी दिए । उनले अहिले धान रोप्नका लागि बीउ तयार भएका अवस्थामा सलहले नोक्सान गर्ने सम्भावना रहेकाले बीउ जोगाउने उपाय अबलम्बन गर्न आग्रह गरे।

सलह जम्मा गरेर माछा, कुखुरा र बङ्गुरको दानाका लागि प्रयोग गर्न सकिने विज्ञले बताएका छन् । भूमि व्यवस्था मन्त्रालयले किसानले सलह जम्मा गरेर स्थानीय तहमार्फत वडा कार्यालयमा ल्याएमा प्रतिकिला रु २० का दरले नगद उपलब्ध गराइने निर्णय गरेको मन्त्रालयका सचिव सुवेदीले जानकारी दिए ।

मन्त्रालयले सलह नियन्त्रण गर्न मालाथिन वा क्लोरपाइरिफोस नामका विषादी प्रतिलिटर २ एमएल राखेर छर्कन सल्लाह दिएको छ । प्रदेश कृषि निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले सलहको जन्म मरुभूमिमा हुने र लगातार वर्षामा उड्न नसक्ने अध्ययनबाट देखिएको तर नेपालमा कसरी आयो भन्ने यकिन गर्न नसकिएको बताए ।

मन्त्रालयका सूचना अधिकारी विनोद ज्ञवालीले यो कीरा नेपालमा भारततर्फबाट आएको अनुमान गरे । जल तथा मौसम विभागले सलह आफ्नो बाटो भारत पश्चिम बंगालतिर जाने अनुमान गरेको छ ।

शनिबार बिहान यस क्षेत्रमा प्रवेश गरेको सलह उत्तरपश्चिमतर्फ लागेकाले गुल्मी अर्घाखाँचीतर्फ क्षति पु¥याउने सम्भावना रहेको उनले बताए ।

मौसम विभागले आइतबार र सोमबार पश्चिमतर्फ लाग्न सक्ने भएकाले त्यस क्षेत्रमा यसले क्षति पु¥याउन सक्ने अनुमान गरेको छ ।

पाल्पाली चिन्तित

पाल्पा–बुटवलबाट उत्तरपश्चिम उडेको सलह पाल्पामा देखिएको छ । रुपन्देही जिल्लाको बुटबल हुँदै पाल्पाका दोभान, सराई र पोखराथोक क्षेत्रमा देखिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले पाल्पामा सलह देखिएकाले अन्नबाली जोगाउन भाँडा बजाउन र आगो बालेर धुवाँ बनाउन अनुरोध गरे ।

जिल्लाका आर्यभञ्ज्याङ, राम्दी क्षेत्रलगायतका किसान सलहबाट उत्पादित खेती नष्ट हुने भएपछि चिन्तित बनेका छन् । तानसेन नगरपालिका तथा बगनासकाली र रिब्दीकोट गाउँपालिकाले सामाजिक सञ्जालको प्रयोग गरी किसानलाई स्थानीय स्रोतसाधनको प्रयोग गरी सलह भगाउन अनुरोध गरेका छन् ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top