अल–शबाबका शीर्ष कमाण्डर मारिए, नेपालबाट गएको दाबी

१३ असार ७७, आइतबार

१४ असार, एजेन्सी ।
अफ्रिकी देश सोमालियामा सशस्त्र गतिविधि गर्दै आएको बिद्रोही समूह अल–शबाबका एक कमाण्डर मारिएको त्यहाँको रेडियोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

अशरफ अज्मी अबु हाम्दान नाम गरेका अल–शबाबक ती कमाण्डर नेपालबाट सोमालिया गएको रोयटर्सले खबरमा उल्लेख गरेको छ । तर उनी नेपाली नागरिक भए नभएको बारे भन्ने स्पष्ट पारिएको छैन । उनी इस्लामिक समूह अल–शबाबका शीर्ष प्रशिक्षक रहेको र सैन्य अपरेशनको क्रममा उनी मारिएको सोमालियाको रेडियोले बिहीबार जानकारी दिएको हो ।

सोमालियाको दक्षिणी तर्फको जुबा क्षेत्रको मध्य भागमा भएको सैन्य कारवाहीको क्रममा उनको मृत्यु भएको त्यहाँको सरकारी रेडियोले जनाएको छ । सैन्य कारवाहीको क्रममा कमाण्डर हाम्दानसहित अरु तीन लडाकु पनि मारिएका थिए ।

इस्लामिक सरिया कानूनसहितको आफ्नो शासन स्थापित गर्न भन्दै अल–शबाब सन् २००८ देखि सोमालियामा सशस्त्र गतिविधिमा संलग्न छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top