Nepal Times
Nepal Times
3
Shares

राष्ट्रसंघीय महासभाको अध्यक्षका लागि दुई महिला उम्मेदवार

राष्ट्रसंघीय महासभाको अध्यक्षका लागि दुई महिला उम्मेदवार

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ३० चैत ः संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्षका लागि मध्य र दक्षिणी अमेरिकाबाट प्रतिनिधित्व गर्ने दुई महिलाले प्रतिश्पर्धा गर्ने भएका छन् ।

राष्ट्रसंघका प्रवक्ताले दिएको जानकारीअनुसार ती महिलाले उम्मेदवारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन् ।

होण्डुरसबाट राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि मेरी इलिजावेथ फ्लोरेस फ्लाक र इक्वाडरका विदेश मामिला मन्त्री मारिआ फेर्नान्डा इस्पीनोसा गार्सेसले प्रतिश्पर्धा गर्न लागेका हुन् ।

राष्ट्रसंघको ७३औ महासभा अध्यक्ष चयनकालागि आगामी जुन ५ तारिखका दिन निर्वाचन हुन लागेको राष्ट्रसंघीय महासभाको अध्यक्षका प्रवक्ता ब्रेण्डेन भार्माले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नवनिर्वाचित अध्यक्षले हालका अध्यक्ष स्लोभाकियाका मिरोस्लाभ लाज्काकलाई विस्थापित गर्नेछन् ।

लाज्काक गत वर्ष सन् २०१७ को सेक्टेम्बरमा ७२औं महासभाको अध्यक्षका रुपमा निर्वाचित भएका थिए।

महासभाको अध्यक्षमा निर्वाचित भएको व्यक्तिले महासभा अवधिभरी महासभाको नेतृत्व गर्ने व्यवस्था गरिएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.