×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

डोल्पा पदयात्रामा तीन भारतीय पूर्वराजदूत

३० चैत्र २०७४

त्रिपुराकोट, डोल्पा, ३० चैत ः नेपालका लागि तीन भारतीय पूर्वराजदूत जिल्लाको प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकनका लागि आएका छन् ।

नेपालका लागि पूर्वभारतीय राजदूतहरु रञ्जित राय, श्याम सुन्दरदेव मुखर्जी र श्याम शरण डोल्पाको भ्रमणमा आएका हुन् । यहाँको प्राकृतिक सौन्दर्यता र जैविक विविधताले मन लोभ्याएपछि आफूहरु डोल्पाको सौन्दर्यतासँग रमाउन १५ दिने यात्रामा आएका पूर्वराजदूतहरुले बताएका छन् ।

Advertisement
Advertisement

प्रचुर प्राकृतिक सम्पदा, धार्मिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले डोल्पा घुम्न लालायित भएको पूर्वराजदूत रायले बताए । धार्मिक पर्यटकीय महत्व बोकेको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोटमा रहेको श्रीवालात्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पुगेका रायले यस अघि समेत डोल्पाको भ्रमण गरेका थिए । उनले प्रचार प्रसारको अभावमा डोल्पा ओझेलमा परेको बताए ।

Advertisement
Advertisement

डोल्पा शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी, जगदुल्ला ताल, धो ताक्सी उपत्यका, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, यार्सागुम्बा लगायतका कारण चर्चित छ । पर्यटक भित्र्याउन राष्ट्रिय सडक सञ्जालसँग डोल्पालाई जोड्न आवश्यक रहेको पूर्वभारतीय राजदुुतहरुले बताएका छन् । भारतीय राजदूतावासको रु तीन करोड ३३ लाख सहयोगमा त्रिपूरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटमा श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर निर्माण गरिएको छ । तीनैजना राजदूत जुफाल, त्रिपुराकोट, दुनै, धो ताक्सी, शे फोक्सुन्डो ताल भएर जुफालहुँदै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top