Nepal Times
Nepal Times
3
Shares

हृदयचन्द्र स्मृति सम्मान इस्मालीलाई

हृदयचन्द्र स्मृति सम्मान इस्मालीलाई

काठमाडौँ, १ वैशाख । साहित्य सदन नेपालले गत वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ आख्यानकार इस्मालीलाई दिने भएको छ ।
सदनका उपाध्यक्ष हेमनाथ पौडेलको संयोजकत्वमा विदुर चालिसे, मित्रलाल पंज्ञानी, सीता शर्मा र सीता भट्टराई सदस्य रहेको छनोट समितिले गरेको सिफारिसलाई सदनको कार्यसमितिले अनुमोदन गरेको थियो ।
चार दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील इस्मालीका दुई उपन्यास र चार कथासंग्रहलगायत कृति प्रकाशित छन् । हरेक वर्ष दिइने रु १० हजार राशिसहितको सो सम्मान यही वैशाख ८ गते प्रदान गरिने जनाइएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.