Nepal Times
Nepal Times
3
Shares

राराबाट प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्दै

राराबाट प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्दै

विराटनगर,१ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णालीको रारा तालबाट बाट देशबासीको नाममा सम्बोधन् गर्दैछन् । रारा महोत्सव उद्घाटनका क्रममा त्यहाँ गएका प्रधानमन्त्रीले अहिले देशवासीका नाममा सम्बोधन गरिरहेका हुन्  ।

ओलीले रारा तालबाट देशबासीको नाममा सम्बोधनका क्रममा मुलुकले नयाँ गति लिएको उल्लेख गर्दै अब आर्थिक समृद्धितर्फ लम्किनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले समृद्धिको युग सुरु भएको भन्दै अब के नेपाल बन्छ ? के नेपाली समृद्ध बन्छन् ? भनेर प्रश्न गर्ने दिन गएका पनि ठोकुवा गरे ।

जनताको ठुलो विश्वाससहितको जनप्रतिनिधिका रुपमा आफू उभिएकाले कुनै बहाना नगरी देश विकासतर्फ अघि बढ्ने उनले जिकिर गरे । ुआफ्नो देश आफैँ बनाउन सक्छौु, भन्ने उच्च मनोबल र दृढताका साथ आर्थिक समृद्धि अभियान थालिने पनि उनले घोषणा गरे ।

प्रधानमन्त्री ओलीले गौतम बुद्धलाई सम्झिँदै देश तथा विदेशमा लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न पनि आह्वान गरे । उनले अब, शान्ति र करुणा भएको मुलुकमा बुद्धको उपदेशलाई अनुसरण गर्दै अघि बढ्नुपर्छु, भने ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.