अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण

१ बैशाख ७५, शनिबार
Share this
732shares

संयुक्त राज्य अमेरिकाले फ्रान्स र बेलायतको सहयोगमा सिरियामाथि मिसाइल आक्रमण सुरू गरेको छ।  पूर्वी गुटामा गत साता गरिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप हवाई आक्रमण शुरू गरेको अमेरिकाले जनाएको छ।

Advertisement

आक्रमणमा दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू आइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएक छन्। विस्फोटबाट आकाशमा धुवाँको मुस्लो देखिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि आक्रमण गर्न लागिएको भन्दै एउटा वक्तव्यसमेत जारी गरेका छन्।

Advertisement

उनले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्नेसमेत बताएका छन्।

ट्रम्पले भनेका छन्-‘फ्रान्सर र यूनाइटेड किङ्डमको सशस्त्र सेनाका साथ एक सशस्त्र अपरेशन चलिरहेको छ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top