Nepal Times
Nepal Times
3
Shares

किङ्स ११ पञ्जाबलाई ४ विकेटले हराउँदै बैंगलोरको जित दर्ता

किङ्स ११ पञ्जाबलाई ४ विकेटले हराउँदै बैंगलोरको जित दर्ता

रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गरेको छ। गएराति किङ्स ११ पञ्जाबलाई ४ विकेटले हराउँदै बैंगलोरले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो।

१ सय ५६ रनको लक्ष्य पछ्याएको बैंगलोरले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर जित हात पार्‍यो।

वैंगलोरको जितमा एबी डि भिलयर्सले अर्धशतकीय पारी खेले। ‍उनले ४० बलमा ४ छक्का र २ चौकासहित ५७ रन बनाए। ओपनर क्विन्टन डी ककले ४५ रन बनाउँदा कप्तान विराट कोहलीले २१ रन बनाए।

पञ्जाबका लागि कप्तान रविचन्द्रन आश्विनले २, अक्षर पटेल, मुजिब उर रहमान र एन्ड्रयू टेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको किङ्स ११ पञ्जाबले निर्धारित २० ओभरमा ४ बलअघि सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो।

उसका लागि लोकेश राहुलले सर्वाधिक ४७ रन बनाए। रविचन्द्रन आश्विनले ३३ रन, करुण नायरले २९, मयंक अग्रवालले १५ र मार्कुस स्टोनिसले ११ रन बनाएका थिए।

रोयल च्यालेन्सर्ज बैंगलोरका लागि उमेश यादवले ३, क्रिस वाक्स, कुल्वन्त केजरोयिा र वासिङ्टन सुन्दरले समान २ र युजभेन्द्र चहलले १ विकेट लिए।

आइपिएलमा समान ४ अंक जोडेका सनराइजर्स हैदरावाद शीर्षस्थान र चेन्नाई दोस्रो स्थानमा । पञ्जाब, बैंगलोर, कोलकाता नाइट राइजर्स, राजस्थान रोयल्सको समान २ अंक छ।

सबै ८ टोलीले २ खेल खेलिसक्दा मुम्बई इन्डियन्स र दिल्ली डेयर डेभिल्सले अंक जोड्न बाँकी छ।

आइपिएलमा शनिबार २ खेल हुनेछन्। पहिलो खेलमा मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्स तथा दोस्रो खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.